काठमडौं । नेपालमा इन्जिनियरिङ अध्ययन गरिरहेका सात हजार ४०० बढी विद्यार्थीको संवेदनशील डेटा डार्क वेबमा बिक्रीका लागि राखेको पाइएको छ । ‘बीओएक्सएच३४डी’ नामक छद्म स्वरुपको अकाउन्टले ब्रिच फोरममा एक पोस्ट राख्दै डार्क वेबमा विद्यार्थीको संवेदनशील डेटा बिक्रीका लागि राखिको जानकारी दिएको हो ।
पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, पूर्वाञ्चल क्याम्पस लगायत अन्य निजी क्याम्पसमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीको डेटा आफ्नो आफूसँग रहेको ह्याकरको दाबी छ । लिक भएको डेटामा विद्यार्थीको नाम, ठेगाना, जन्म मिति र फोन नम्बर रहेको उल्लेख छ । प्रमाण स्वरूप केही विद्यार्थीको विवरण पनि पोस्टमा राखिएको छ ।
ब्रिच फोरममा उक्त अकाउन्टबाट विद्यार्थीको संवेदनशील जानकारी १९ जनवरीमा पोस्ट भएको देखिन्छ । यसलाई सजिलो बनाउन ह्याकरले उक्त डेटा जेसन फर्म्याटमा मिलाएर राखी दिएको छ । यो सबै डेटा इन्स्टिच्युट अफ इन्जिनियरिङ (इन्जिनियरिङ अध्ययन संस्थान) बाट प्राप्त गरेको ह्याकरको दाबी छ ।