close

नेपालमा विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणको स्वीकृति अनिवार्य

टेकपाना टेकपाना

फागुन ८, २०८१ १७:२२

नेपालमा विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणको स्वीकृति अनिवार्य

काठमाडौँ । नेपालमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीका सिम कार्ड तथा रिचार्ज कार्ड बिक्री गर्न नियामकको स्वीकृति लिनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित सरोकारवालाहरूलाई यस्तो नियम अवगत गराएको हो ।

सूचना अनुसार विदेश यात्रा गर्ने व्यक्तिहरूलाई लक्षित गरी नेपालमा सिम तथा रिचार्ज कार्ड बिक्री वितरण गर्न प्राधिकरणबाट 'नो अब्जेक्सन' लिनु पर्ने व्यवस्था गरिएको छ ।

"तत् तत् देशहरूमा जाने व्यक्तिहरूलाई सिम कार्ड र रिचार्ज कार्डहरू बिक्री वितरण गर्ने सम्बन्धित व्यक्तिहरूले यस प्राधिकरणबाट नो अब्जेक्सन लिएर मात्र बिक्री वितरण गर्नु गराउनु हुन सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइन्छ," प्राधिकरणले भनेको छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले स्वीकृति नलिई यस किसिमको कार्य गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने बताए ।

पछिल्लो अध्यावधिक: फागुन ८, २०८१ १७:२३