close

कक्षा १२ दिएर बसेका विद्यार्थीलाई निःशुल्क एआई र कोडिङ सिक्ने अवसर, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

जेठ ६, २०८२ ७:३३

कक्षा १२ दिएर बसेका विद्यार्थीलाई निःशुल्क एआई र कोडिङ सिक्ने अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । मेरो कोडिङ क्लासले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी निःशुल्क कोडिङ र एआई कार्यशाला आयोजना गर्ने भएको छ । यसअघि बालबालिकालाई कोडिङ सिकाउँदै आएको यस कम्पनीले ७, ८ र ९ जेठमा एआईबारे कार्यशाला आयोजना गर्ने भएको हो ।

विद्यार्थीलाई व्यावहारिक कोडिङ सीप प्रदान गर्नुका साथै एआईको ठोस आधार तयार पार्नु रहेको मेरो कोडिङले जनाएको छ । कार्यशालामा सहभागीले पाइथनको माध्यमबाट एआईका आधारभूत पक्ष सिक्नेछन् । 

कार्यक्रमअनुसार पहिलो दिन पाइथनका आधारभूत सिद्धान्त र त्यसको वास्तविक प्रयोगबारे सिकाइनेछ भने दोस्रो दिन नम्पाई र पाण्डाज जस्ता टुल प्रयोग गरी डेटा म्यानिपुलेसनबारे जानकारी दिइनेछ । तेस्रो तथा अन्तिम दिनमा भने मेसिन लर्निङ मोडेल निर्माण गर्ने सम्बन्धी प्रशिक्षण सञ्चालन हुने आयोजकले उल्लेख गरेको छ ।

आयोजकका अनुसार यस कार्यशालाले विद्यार्थीलाई कोडिङ र एआई शिक्षाको आधारभूत ज्ञान, आजको विश्वमा यसको महत्त्व र यसमा दक्षता हासिल गरेपछिको करियर मार्गबारे बुझ्न मद्दत गर्नेछ । साथै सहभागीले मिनी प्रोजेक्टमा प्रत्यक्ष अनुभव प्राप्त गर्नुका साथै सूचना प्रविधि (आईटी) क्षेत्रमा आफ्नो करियर सुरु गर्न स्पष्ट मार्गचित्र पनि प्राप्त गर्ने बताइएको छ ।

कार्यशालामा सहभागी हुन इच्छुक विद्यार्थीले यहाँ क्लिक मार्फत दर्ता गर्न सक्नेछन् । थप जानकारीका लागि ९८५१३१२८९० मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १२:१६