close

बिजुली नआए ११५० मा कल गरेर जानकारी लिनू: प्राधिकरण

टेकपाना टेकपाना

जेठ ६, २०८२ ९:२३

बिजुली नआए ११५० मा कल गरेर जानकारी लिनू: प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिमा आउने अवरोधका विषयमा जानकारी दिन तथा समस्या समाधानमा सहयोग पु‍र्‍याउन उपभोक्ताहरूलाई ११५० नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले प्रणालीगत समस्या (सिस्टम-वाइड ब्रेकडाउन) वा स्थानीय स्तरमा सीमित समस्या (लोकलाइज्ड ब्रेकडाउन)का कारण विद्युत् आपूर्तिमा बाधा आउन सक्ने भन्दै उपभोक्ताहरूलाई सजग रहन आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार आँधी, चट्याङ, भारी वर्षाजस्ता प्रतिकूल मौसम तथा अन्य प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् आपूर्तिमा अवरोध आउन सक्छ । उपभोक्ताबाट समयमै प्राप्त जानकारीले समस्या चाँडो समाधान गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

विद्युत् प्रणालीमा स्थानीय अवरोधका कारण भएको अवरोधको समाधान गर्न उपभोक्ताबाट प्राप्त जानकारी तथा जनगुनासोलाई समयमै सम्बोधन गर्ने उद्देश्यले प्राधिकरणले आफ्ना प्रादेशिक तथा डिभिजन कार्यालयहरूमा स्थापना भएका रिङ मेन युनिट तथा रिले प्रणालीहरूबाट अपेक्षित कार्य सम्पादन भएको वा नभएको विषयमा जाँचबुझ गरी आवश्यक सिफारिससहितको प्रतिवेदन पेश गर्न अध्ययन समितिसमेत गठन गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ ९:३७