close

आयोन भीको ब्रान्ड इन्डोर्सरमा अभिनेत्री वर्षा राउत

टेकपाना टेकपाना

जेठ ८, २०८२ १४:५५

आयोन भीको ब्रान्ड इन्डोर्सरमा अभिनेत्री वर्षा राउत

काठमाडौँ । नेपालमा आयोन इलेक्ट्रिक सवारीहरूको आधिकारिक बिक्रेता सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई ‘आयोन भी’ को आधिकारिक ब्रान्ड इन्डोर्सरको रूपमा नियुक्त गरेको छ । योसँगै कम्पनीले उनलाई गाडीसमेत हस्तान्तरण गरेको छ ।

नेपाली ईभी सेग्मेन्टमा आयोन भीले नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायी अनुभवमार्फत नयाँ मापदण्डहरू स्थापित गर्दै आएको सीजीको दाबी छ । यस्तोमा वर्षा राउतलाई आयोन भीको ब्रान्ड इन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा उत्साहित भएको ​सीजी मोटर्सका जीएम–सेल्स सुशील क्षेत्रीले बताए ।

“वर्षा राउतको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता आयोन भीको पहिचानसँग पूर्ण रूपमा मेल खान्छ । हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौँ ।”

यस गाडीमा ८–प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, पानोरोमिक सनरूफ जस्ता फिचरहरू रहेका छन् । ७५.३ किलोवाट क्षमताको ब्याट्री रहेको गाडीले ६५० किलो मिटर रेन्ज प्रदान गर्नेछ ।

ब्रान्ड इन्डोर्सर बनेपछि अभिनेत्री राउतले भनिन्, “आयोन भी केवल गाडी होइन, यो त एक अनुभव हो । यसको लक्जरी, स्मार्टनेस र व्यावहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ। मसाज सिट, हिटिङ–कुलिङ, इनबिल्ट रेफ्रिजरेटर जस्ता फिचरहरूले यो गाडीलाई अरू सबैभन्दा फरक बनाएको छ । यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु ।”

नेपालमा आयोन ईभीको आधिकारिक बिक्रेताको रूपमा सीजी मोटर्सले २० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरू र २६० भन्दा बढी चार्जिङ स्टेसनहरूमार्फत आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ । 

पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ १६:८