काठमाडौँ । गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाल टेलिकमले विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले जेठ १४ देखि १६ गतेसम्म लागु हुने गरी विभिन्न डेटा प्याक तथा फेस्टिभ कम्बो प्याक अफर ल्याएको हो ।
यस अफरमा ६ जीबी डेटा रु. १११ मा, १३ जीबी डेटा रु. १९९ मा, २० जीबी डेटा रु. २९९ मा र ३० जीबी डेटा रु. ३९९ मा उपलब्ध छ ।
यस्तै १ एमबीपीएस स्पिडसहितको अनलिमिटेड डेटा र १०० मिनेट एनटी-एनटी भ्वाइस सेवा रु. ४९ मा प्रदान गरिएको छ ।
यही अवसरमा फेस्टिभ कम्बो प्याकअन्तर्गत ३० जीबी डेटा, ६०० मिनेट सबै नेटवर्कमा भ्वाइस र २०० एसएमएस रहेको प्याक रु. ७८९ मा उपलब्ध छ, जुन प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेडका लागि ३० दिनसम्म प्रयोग गर्न सकिनेछ ।
अफर लिनका लागि *1415*11# डायल गर्न वा नेपाल टेलिकमको एप प्रयोग गर्न सकिनेछ ।