काठमाडौँ । सोमबार फेसबुकमा 'सुसाइड नोट' लेखेर बेपत्ता भएका डा. केशव श्रेष्ठ बालाजुमा सकुशल भेटिएका छन् ।
प्रहरीले काठमाडौँको बालाजुबाट उनलाई सकुशल उद्धार गरेको हो ।
जिल्ला प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई बालाजुबाट सकुशल फेला पारेको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहोराले टेकपानालाई जानकारी दिए । बोहोराका अनुसार उनलाई बालाजुबाट जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइँदै छ ।