close

सब्स्क्रिप्सन लिएर पनि एनपीएल लाइभ चलेन ? विवरणसहित यो भाइबर वा ह्वाट्सएप नम्बरमा मेसेज गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर ३, २०८२ १९:१८

सब्स्क्रिप्सन लिएर पनि एनपीएल लाइभ चलेन ? विवरणसहित यो भाइबर वा ह्वाट्सएप नम्बरमा मेसेज गर्नुहोस्

काठमाडौँ । सब्स्क्रिप्सन लिएर पनि नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नपाएकालाई विवरणसहित ह्वाट्सएप वा भाइबरमा मेसेज गर्न डिशहोम गोले आग्रह गरेको छ । 

नेपालसहित विदेशबाट सब्स्क्रिप्सन खरिद गरेकाहरूले अझै पनि एनपीएलको प्रत्यक्ष प्रसारण हेर्न नपाएको भन्दै आक्रोश पोखिरहेका छन् । त्यसैलाई सम्बोधन गर्न डिशहोम गोले 9860182623 नम्बरमा रहेको ह्वाट्सएप वा भाइबर नम्बरमा आफ्नो विवरणसहित मेसेज पठाउन अनुरोध गरेको हो । 

सपोर्ट टिमले विवरण भेरिफाई गरेर सब्स्क्रिप्सन तुरुन्तै एक्टिभेट गर्ने कम्पनीको दाबी छ । 

कम्पनीले डिसहोम गोबाट एनपीएल दोस्रो सिजनको सब्स्क्रिप्सन लिने क्रममा प्राविधिक समस्याका कारण दोहोरो भुक्तानी भएमा अतिरिक्त रकम सम्बन्धित व्यक्तिको डिजिटल वालेट वा कार्डमा छिट्टै फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । 

एनपीएल दोस्रो संस्करणका खेल प्रसारण गर्ने अधिकार डिशहोम गो एपले पाएको छ । तर, देश विदेशमा रहेका धेरै प्रयोगकर्ताले समस्या भोगिरहेको गुनासो गरिरहेका छन् ।

 

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ १९:१८