close

एसईई उत्तीर्ण विद्यार्थीका लागि नियोस्टोरले ल्यापटप खरिदमा छुटसँगै हेडफोन र स्मार्टवाच नि:शुल्क दिने

टेकपाना टेकपाना

जेठ १, २०८३ १६:५३

एसईई उत्तीर्ण विद्यार्थीका लागि नियोस्टोरले ल्यापटप खरिदमा छुटसँगै हेडफोन र स्मार्टवाच नि:शुल्क दिने

काठमाडौँ । सूचना प्रविधि, ग्याजेट तथा मनोरञ्जन सम्बन्धी विभिन्न प्रडक्ट बिक्री गर्दै आएको नियो स्टोरले ‘ब्याक टु स्कुल’ नामक अफर सार्वजनिक गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै ल्याइएको यस अफरमा ल्यापटप र अन्य डिजिटल उपकरण किन्दा छुट पाइने छ ।

आधुनिक शिक्षा प्रणालीमा विषय जे-सुकै भए तापनि विद्यार्थीका लागि ल्यापटप लगायतका डिजिटल डिभाइस अनिवार्यजस्तै बनिसकेका छन् । प्रोजेक्ट वर्क तयार गर्न, अनलाइन कक्षामा सहभागी हुन, नोट बनाउन र नयाँ प्रविधिको सीप सिक्नका लागि ल्यापटप प्राथमिक आवश्यकता भएको छ । विद्यार्थीहरूको यही मागलाई सम्बोधन गर्न यो योजना अघि सारेको नियोस्टोरले उल्लेख गरेको छ ।

“योजनाअन्तर्गत विद्यार्थीले आफ्नो परिचयपत्र पेस गरी ल्यापटप तथा अन्य डिजिटल डिभाइसको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन्,” कम्पनीले भनेको छ, “साथै, ल्यापटप खरिद गर्दा आवश्यक पर्ने ब्याग, हेडफोन र स्मार्टवाच जस्ता एक्सेसरिजहरू निःशुल्क उपलब्ध गराइने छ ।” यसका लागि कम्पनीले तोकेको टर्म्स एन्ड कन्डिसन (टी एन्ड सी) पूरा गर्नु पर्नेछ ।

आर्थिक रूपमा सहज बनाउन कम्पनीले एक्स्चेन्ज र किस्ताबन्दीको सुविधा पनि ल्याएको छ । विद्यार्थीले आफ्नो पुरानो डिभाइस साटेर नयाँ ल्यापटप लैजान पाउनेछन् । यसरी खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीको सुविधा समेत उपलब्ध हुनेछ ।

ग्राहकको सुरक्षा र विश्वासका लागि नियोस्टोरले खरिद गरिएका डिभाइसमा एक वर्षको बीमा र दुई वर्षको वारेन्टी समेत प्रदान गर्ने जानकारी दिएको छ । नियो स्टोरका ६ ओटा शोरुम जाउलाखेल, माइतीघर, न्यू रोड, पुतलीसडक (कमलादी), लाजिम्पाट र पोखरामा सञ्चालित छन् ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८३ १७:३६