close
आउँदो शुक्रवार र शनिवार 'वर्डक्याम्प काठमाडौं २०२३' हुँदै

आउँदो शुक्रवार र शनिवार 'वर्डक्याम्प काठमाडौं २०२३' हुँदै

  • Organizer: वर्डप्रेस नेपाल कम्युनिटी

आउँदो शुक्रवार र शनिवार (भदौ २२ र २३) 'वर्डक्याम्प काठमाडौं २०२३' आयोजना हुने भएको छ । वर्डप्रेस नेपाल कम्युनिटीको आयोजनामा काठमाडौंको एलिस रिसेप्सन, गैरीधारामा उक्त कार्यक्रम हुने भएको हो । 

वर्डप्रेसको क्षेत्रमा काम गरिरहेका व्यक्तिहरू, वर्डप्रेस विशेषज्ञहरू र वर्डप्रेस सिक्न खोज्नेहरूलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन सहभागीहरूलाई वर्डप्रेस इकोसिस्टममा कसरी आफूलाई स्थापित गर्ने, नयाँ कुरा कसरी सिक्ने जस्ता विषयमा सिकाइने छ । दोस्रो दिन भने सिकारु र अनुभवी डेभलपरहरूका लागि विभिन्न सत्रहरू राखिएका छन् ।

त्यस्तै कार्यक्रम अवधिभर वर्डप्रेससँग सम्बन्धित दुई ओटा प्यानल छलफल हुने छन् । यही समयमा विभिन्न गैरनाफामूलक संस्थाहरूलाई नि: शुल्क वेबसाइट दिने 'युनिक डु एक्सन' नामक कार्यक्रम समेत गरिने भएको छ । 

कार्यक्रमले सहभागीहरूलाई ओपन सोर्स प्लेटफर्ममा जोडिन र अनुभव साट्न अवसर प्रदान गर्ने आयोजकको विश्वास छ । कार्यक्रममा सहभागी हुन आयोजकले दर्ता गर्ने समय भने बन्द गरिसकेको छ ।

बताइए अनुसार यस कार्यक्रममा ४५० भन्दा बढी सहभागीहरू हुनेछन् । नेपालमा वर्डप्रेस कम्प्युनिटीले सन् २०१२ देखि निरन्तर वर्डक्याम्प गर्दै आएको छ । यहाँ क्लिक गरेर यस कार्यक्रमबारे थप बुझ्न सक्नु हुनेछ ।