close

पश्चिमा प्रतिबन्धका बावजुत फाइभजीमा हुवावेका ६० सम्झौता

टेकपाना टेकपाना

पुस ३, २०७६ १२:१

पश्चिमा प्रतिबन्धका बावजुत फाइभजीमा हुवावेका ६० सम्झौता

पछिल्लो समय विश्वमा फाइभजी चर्चाको विषय हो । हरेक दिन फाइभजीसँगै सम्बन्धित बिभिन्न अध्ययन अनुसन्धान बाहिरिरहेका छन् । साथै विभिन्न देशहरु आफ्नो देशमा फारजी विस्तारको लागि अनेक कम्पनीसँग सम्झौता पनि गरिरहेका छन् ।

केही देशमा त फाइजी सेवा सञ्चालनमै आइसकेको छ । यस्तोमा ह्वावेले विश्वभर फाइभ जी सम्बन्धि ६० भन्दा धेरै व्यवसायिक सम्झौता गरिसकेको छ । अमेरिका लगायत युराेपियन देशरुमा आफूमा लागेको बन्देजका बावजुत कम्पनीले उल्लेखनीय सम्झौता गर्न सफल भएको हो । यो अवधिमा ४ लाखभन्दा धेरै फाइभ जी बेस स्टेशनहरू डेलिभरी गरिसेको कम्पनीले जनाएको छ ।

आईसिटी इन्फ्रास्ट्रकचर तथा स्मार्ट डिभाइसहरूमा आफ्नो ध्यान केन्द्रीत गर्दै आएको कम्पनीले सन् २०१९ को पहिलो तीन महिनामा ह्वावेको आम्दानी ८५.६ अर्ब रहेको छ । जुन अघिल्ला बर्षहरूको तुलनामा २४.४ प्रतिशतले बढी हो ।

विश्व बजारमा दोस्रो ठूलो स्मार्टफोन निर्माता रहेको ह्वावेले २०१९ को जनवरीदेखि अक्टोबरसम्म २० करोड मोबाइल निर्यात गरिसकेको छ । यो पनि अघिल्ला वर्षको तुलनाम २६ प्रतिशतले वृद्धि हो ।

त्यस्तै ह्वावेको इकोसिस्टम उत्पादनमा पनि वृद्धि भएको उल्लेख छ । कम्पनीका अनुसार पर्सनल कम्प्युटरको बिक्रीमा २१४ प्रतिशत, ट्याब्लेट १० प्रतिशत, स्मार्ट अडियो २६० प्रतिशत तथा वेयरेबल उत्पादनमा २७२ प्रतिशत वृद्धि भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३