close

स्मार्टफोन बिक्रीको दुई तिहाई नाफा एप्पलको मात्रै

टेकपाना टेकपाना

पुस ४, २०७६ १४:१३

स्मार्टफोन बिक्रीको दुई तिहाई नाफा एप्पलको मात्रै

उत्पादकहरुमध्ये स्मार्टफोन बिक्रीबाट हुने आम्दानीमा एप्पलले बाजी मारेको छ । सन् २०१९ को तेस्रो त्रैमासिकमा स्मार्टफोन बिक्रीबाट कम्पनीहरुले कमाएको कूल नाफाको ६६ प्रतिशत एप्पलले मात्रै कमाएको छ । जब कि कूल आम्दानीको ३२ प्रतिशत हिस्सा एप्पलको छ ।

बजार सम्बन्धी अनुसन्धान गर्ने कम्पनी काउन्टर प्वाइन्टले गरेको नयाँ अध्ययनले सन् २०२० मा स्मार्टफोन बिक्रीबाट कम्पनीहरुलाई हुने कुल नाफा ११ प्रतिशतले कमी आउने तथ्य औंल्याएको छ । सन् २०१९ मा कम्पनीहरुले स्मार्टफोन बिक्रीबाट करिब १२ अर्ब डलर नाफा गर्ने आंकलन छ ।

सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने टप टेन कम्पनीमध्ये सामसङ र हुवावेले मात्रै आफ्नो आम्दानी बृद्धि गर्न सफल भएका छन् । अन्य ब्राण्डको भने आम्दानी घटेको छ । आम्दानी घटे पनि एप्पलले भने सबैभन्दा बढी नाफा गर्ने कम्पनीमा आफूलाई उभ्याएको हो ।

अमेरिका, यूरोप र जापानमा रहेका आप्mना उपभोक्ताका कारण एप्पलले बढी नाफा कमाएको अनुसन्धान रिपोर्टको दाबी छ । सामसङले भने कूल बजारको १७ प्रतिशत नाफा लिएको रिपोर्टको दाबी छ । ग्यालेक्सी ए सिरिजका स्मार्टफोन र नोट टेन सिरिजका स्मार्टफोनको बिक्रीका कारण यो नाफा सामसङले हासिल गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१