close

स्याटेलाइटबाट सोझै स्मार्टफोनमा इन्टरनेट दिने प्रविधि विकास गर्दै एप्पल

टेकपाना टेकपाना

पुस ४, २०७६ १९:७

स्याटेलाइटबाट सोझै स्मार्टफोनमा इन्टरनेट दिने प्रविधि विकास गर्दै एप्पल

आईफोन निर्माता कम्पनी एप्पलले स्याटेलाइट प्रविधिमा काम गरिरहेको बताएको छ । जसका लागि एन्टेना डिजाइनर र अन्तरीक्ष इन्जिनियर सहितको टिम बनाइसकेको नयाँ रिपोर्ट ब्लुमबर्गले प्रकाशित गरेको छ ।

रिपोर्टका अनुसार प्रारम्भिक अवस्थामा रहेको गोप्य परियोजना अन्तरगत प्रयोगकर्ताको आईफोन सहितका डिभाइसले सोझै डाटा प्राप्त गर्न सकिने संभावित स्याटेलाइट प्रविधिको विकास गरिनेछ । त्यसका लागि एप्पलले आफ्नै स्याटेलाइट हार्डवेयर भने बनाउने छैन ।

बरु त्यसको साटो अन्तरीक्ष सञ्चार (अर्बिटल कम्युनिकेशन) मा डाटा प्रशारण गर्न सकिने डिभाइस तथा ग्राउण्ड बेस्ड इक्वीपमेन्टको विकासको काम भइरहेको छ । जुन प्रविधिले सोझै एप्पलका डिभाइसमा डाटा प्राप्त गर्न सकिने तथा मोबाइल सेवाप्रदायकको डाटा नेटवर्कबाट स्वतन्त्र किसिमले ती डिभाइसहरुलाई आपसमा कनेक्ट गरिनेछ ।

त्यसका साथै अझ राम्रो नक्सा तथा निर्देशनका लागि थप वास्तविक किसिमको लोकेशन सेवामा समेत यसलाई प्रयोग गर्न सकिने रिपोर्टमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१