close

यस्ता छन् विश्वकै १० उत्कृष्ट सुपर कम्प्युटर

टेकपाना टेकपाना

भदौ १०, २०७६ १८:१०

यस्ता छन् विश्वकै १० उत्कृष्ट सुपर कम्प्युटर

‘टप ५०० प्रोजेक्ट’ले विश्वका शक्तिशाली ५०० सुपर कम्प्युटरको तथ्याङ्क सहित र्‍याङ्किङको काम गर्दै आएको छ । सन् १९९३ यता वर्षमा दुई पटक सुपरक कम्प्युटरको तथ्याङ्क अपडेट गर्दै आएको उक्त परियोजनाले ५३ औँ संस्करणमा अन्तरगत वर्तमान अवधिका लागि सुपर कम्प्युटरको र्‍याङ्किङ सार्वजनिक गरेको छ ।
यसपटकको शक्तिशाली कम्प्युटरको बरियतामा टप १० भित्रका धेरैजसो सुपर कम्प्युटर पूर्ववत अवस्थामै छन् । यद्यपी, दुई ओटा नयाँ कम्प्यटर भने उत्कृष्ट १० को सूचीमा नवप्रवेशी छन् । जसमध्येको एउटा सुपर कम्प्युटर विद्यमान प्रणालीकै भए पनि अतिरीक्त क्षमतामा अपग्रेड गरिएको छ । अमेरिकी कम्पनी आइबीएमले निर्माण गरेको सुपर कम्प्युटरले विश्वकै पहिलो र दोश्रो स्थान ओगटेका छन् । भने तेश्रो र चौथो नम्बरमा चिनियाँ सुपर कम्प्युटर परेका छन् । संख्यात्मक हिसावले उत्कृष्ट ५ सयको सूचीमा चीनका मात्रै सबैभन्दा धेरै ९२१९ ओटा सुपर कम्प्युटर० रहेका छन् भने दोश्रोमा अमेरिकाका ११६ सुपर कम्प्युटर परेका छन् । त्यसपछि क्रमशः जापानका २९, फ्रान्स १९, बेलायतका १८ र जर्मनीका १४ ओटा रहेका छन् ।


‘समिट’


पहिलो स्थानमा रहेको ‘समिट’ नामक सुपर कम्प्युटरलाई अमेरिकाको अमेरिकाको टेन्नेसी राज्य स्थित ऊर्जा विभाग अन्तरगत रहको ओक रिज राष्ट्रिय प्रयोगशाला ९ओआरएनएल० मा राखिएको छ । अघिल्लो ६ महिनाको तुलनमा पछिल्लो समय समिटको एचपीएलमा स्तरोन्नती गरिएको छ । जसले १४८ दशमलव ६ पेटाफ्लप रेकर्ड तयार पार्ने क्षमता राख्दछ ।


‘सियरा’


शक्तिशाली सुपर कम्प्युटरको दोश्रो स्थान समेत आइबिएमले नै निर्माण गरेको सुपर कम्प्युटरले लिएको छ । ‘सियरा’ नामक उक्त सुपर कम्प्युटरलाई क्यालिफोर्नियामा रहेको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा राखिएको छ । यो कम्प्युटरको रेकर्ड क्षमता ९४ दशमलव ६ पेटाफ्लप रहेको छ ।

‘सनवे थाइहुलाइट’


चीनको नेशनल रिसर्च सेन्टर अफ प्यारलल कम्प्युटर इन्जिनियरिङ एण्ड टेक्नोलोजी –एनआरसीपीसीले विकास गरेको ‘सनवे थाइहुलाइट’ नामक सुपर कम्प्युटर विश्वकै शक्तिशाली कम्प्युटरको तेश्रो स्थानमा परेको छ । ९३ पेटाफ्लप रहेको यो सुपर कम्प्युटर चीनको जिङ्सु प्रान्तको वुसी स्थित राष्ट्रिय सुपर कम्प्युटर केन्द्रमा राखिएको छ ।


‘तियान्हे–२ ए’


चीनको प्रतिरक्षा प्रविधि राष्ट्रिय विश्वविद्यालय –एनयूडीटी० ले विकास गरेको ‘तियान्हे–२ ए’ ९मिल्की वे–२ए० सुपर कम्प्युटर चौथो नम्बरमा छ । ग्वान्जावमा रहेको राष्ट्रिय सुपर कम्प्युटर केन्द्रमा यसलाई राखिएको छ । ६१ द्यशमलव ४ पेटाफ्लप नतिजाका लागि तियान्हे–२ एमा एचपीएल इन्टेल एक्सोन तथा मेट्रिक्स–२००० प्रोसेसरको प्रयोग गरिएको छ ।


‘फ्रन्टेरा’


‘फ्रन्टेरा’ पछिल्लो समय उत्कृष्ट दशमा पर्न एक मात्रै नयाँ सुपर कम्प्युटर हो । सुरुवाती प्रवेशमा पाचौँ स्थान ओगट्न सफल यो सुपर कम्प्युटरको प्रोसेसिङ पावर एचपीएलमा २३ दशमलव ५ पेटाफ्लप रहेको छ । डेल सी ६४२० सिस्टम, इन्टेल एक्सोन प्लाटिनम ८२८० प्रोसेसर युक्त फ्रन्टेरालाई टेक्सास विश्वविद्यालय अन्तरगतको टेक्सास एड्भान्स कम्प्युटिङ सेन्टरमा राखिएको छ ।


‘पीज डायन्ट’


स्वीजरल्याण्डको स्वीस नेशनल सुपरकम्प्युटिङ सेन्टर ९सीएससीएस० मा इन्स्टल गरिएको क्यारि एक्ससी ५० सिस्टममा आधारित ‘पीज डायन्ट’ छैटौँ नम्बरमा छ । २० दशमलव २ पेटाफ्लप क्षमताका यो सुपरकम्प्युटरमा इन्टेलको एक्सोन सीपीयू र एनभीडीआईए पी १०० जीपीयू प्रयोग गरिएको छ । पिज डायन्ट युरोपकै शक्तिशाली सिस्टम मानिन्छ ।


‘ट्रिनिटी’


लस आलमोस नेशनलल ल्याबोरेटरी र सन्दिया नेशनल ल्याबोरेटरीले सञ्चालन गरेको क्यारी एक्ससी ४० मा आधारित ‘ट्रिनिटी’ले सातौँ स्थान हासिल गरेको छ । २० दशमलव २ पेटाफ्लप पर्फमेन्स पावर रहेको यो सुपर कम्प्युटरलाई इन्टेल एक्सोन र एक्सोन फी प्रोसेसरले प्रवद्र्धन गरेको छ ।


एआई ब्रिजिङ क्लाउड इन्फ्रास्टक्चर


यसैगरी जापानको नेशनल इन्स्टिच्युट अफ एड्भान्स इन्डस्ट्रियल साइन्स एण्ड टेक्नोलोजी ९एआईएसटी० मा जडान गरिएको ‘एआई ब्रिजिङ क्लाउड इन्फ्रास्टक्चर’ ९एबीसीआई० विश्वका शक्तिशाली सुपर कम्प्युटरको सूचीमा आठौँ नम्बरमा छ । फुजित्सुले तयार पारेको १९ दशमलव ९ पेटाफ्लप रहेको यो सुपर कम्प्युटरमा इन्टेल एक्सोन गोल्ड प्रोसेसर र एनभीडीआईए टेस्ला भी १०० जीपीयू उपकरण जडान गरिएको छ ।


‘सुपर एमयूसी–एनजी’


१९ दशमलव ५ पेटाफ्लप क्षमताको ‘सुपर एमयूसी–एनजी’ नवौँ स्थानमा परेको छ । जर्मनीको गार्चिङ शहर स्थित लेइबेञ्ज सुपर कम्प्युटिङ सेन्टरमा रहेको यो सुपरकम्प्युटरमा लेनोभोले बनाएको मेसिनसँगै इन्टेल प्लाटिनम एक्सोन प्रोसेसर राखिएको छ ।


‘लेशन’


१८ दशमलव २ पेटाफ्लप क्षमता अपग्रेड गरिएको ‘लेशन’ सुपर कम्प्युटर १० औँ नम्बरमा छ । यो सुपर कम्प्युटरलाई विश्वकै दोश्रो शक्तिशाली सुपर कम्प्युटर ‘सियरा’ रहेको अमेरिकाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामै राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३