close

रेनो सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

टेकपाना टेकपाना

असोज १५, २०७६ २०:८

रेनो सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

ओप्पोले नेपाली बजारमा रेनो सिरिज अन्तर्गत नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो पटक रेनो टेनएक्स जुम सार्वजनिक गरेको ओप्पोले अब रेनो टू सिरिज अन्तर्गतका नयाँ मोडलहरु सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले भारतिय बजारमा पछिल्लो महिना रेनो टू सिरिज अन्तर्गतका फोन सार्वजनिक गरिसकेको छ । यसैका आधारमा उक्त फोन चाँडै नै नेपालमा सार्वजनिक गरिने सम्भावना रहेको कपनीले जनाएको छ ।कम्पनीका अनुसार रेनो सिरिजको नयाँ संस्करण अन्तर्गत रेनो टू, रेनो टूजेड र रेनो टूएफ पर्छन् ।

ती मध्य सबै वा छानिएका उपकरण मध्य कुन नेपाली बजारमा सार्वजनिक गरिने भन्ने कुराको जानकारी चाँडै आउने छ । ओप्पोको सफल, रेनो सिरिज अन्तर्गतको नयाँ संस्करणमा कम्पनीले फोटोग्राफीमा थप सुदृढिकरणका लागि ४८ एमपी क्वाड क्यामेरा प्रयोगमा ल्याएको छ ।

त्यस्तै क्यामेरामा २० एक्स डिजिटल जुम सहितको फाइभएक्स हाइब्रिड जुम, अल्ट्रा क्लियर नाइट शट्स खिच्न सघाउने अल्ट्रा डार्क मोड, क्लियर र स्मूथ भिडियो खिच्न सकियोस् भन्ने सोचका साथ अल्ट्रा स्टिडी भिडियो लगायत फिचर्स उपलब्ध रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३