close

यस्ता छन् फोर्ब्सको सूचीमा पर्न सफल टप १० डिजिटल ब्राण्ड

टेकपाना टेकपाना

असोज २६, २०७६

यस्ता छन् फोर्ब्सको सूचीमा पर्न सफल टप १० डिजिटल ब्राण्ड

फोर्ब्सले भर्खरै टप १०० डिजिटल ब्राण्डको सूची सार्वजनिक गरेको छ । जसमा अमेरिकी कम्पनीको दबदबा देखिएको छ । एप्पल, माइक्रोसफ्ट, अल्फाबेट, अमेजन लगायत ३८ ओटा अमेरिकी कम्पनी फोब्सको सय ओटा डिजिटल ब्राण्डको सूचीमा अटाउन सफल भएका हुन् ।

अमेरिका पछि टप १०० डिजिटल ब्राण्डको सूचीमा दोश्रो धेरै १२ ओटा चिनियाँ ब्राण्ड रहेका छन् । अलिबाबा, टेन्सेन्ट, चाइना टेलिकम, जेडी डटकम, बैडु, साओमी लगायतका रहेका छन् ।

यस्ता छन्, टप १० डिजिटल ब्राण्ड

आइफोन निर्माता कम्पनी एप्पल सूचीको पहिलो नम्बरमा पर्न सफल भएको छ भने कम्प्युटर सफ्टवेयर तथा प्रोग्रामिङ सम्बन्धि कम्पनी माइक्रोसफ्ट दोश्रो नम्बरमा रहेको छ । यी दुबै अमेरिकी कम्पनी हुन् ।
यस्तै, दक्षीण कोरियाली इलेक्ट्रोनिक कम्पनी सामसङ सूचीको तेश्रो नम्बरमा छ भने गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट चौथो नम्बरमा रहेको छ ।
यसैगरी अमेरिकाकै दूरसञ्चार कम्पनी एटी एण्ड टी पाँचौ, ईकमर्स कम्पनी अमेजन छैटौँ र अर्को दूरसञ्चार कम्पनी भेरिजोन सातौँ स्थानमा रहेको छ । त्यसपछि आठौँ नम्बरमा भने हङकङको दूरसञ्चार कम्पनी चाइना मोबाइल, नवौँ स्थानमा अमेरिकाको केवल तथा प्रशारण संस्था वाल्ट डेस्नी र दशौँ स्थानममा चिनको ई–कमर्स कम्पनी अलिबाबा रहेको छ ।

फोर्ब्सको टप सय भीत्र पर्न सफल अन्य ब्राण्डको विषयमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९