close

विवाहकै दिन श्रीमानले आफ्नी श्रीमतीको अश्लील भिडिओ सार्वजनिक गरिदिएपछि...

टेकपाना टेकपाना

बैशाख १४, २०८१ १६:३८

विवाहकै दिन श्रीमानले आफ्नी श्रीमतीको अश्लील भिडिओ सार्वजनिक गरिदिएपछि...

काठमाडौं । विवाह गरेको केही घन्टापछि आफ्नी श्रीमतीको अश्लील भिडिओ सार्वजनिक गर्ने श्रीमान् पक्राउ परेका छन् । यो घटना भारतको मध्यप्रदेशस्थित भोपाल भन्ने ठाउँको हो ।

भारतीय सञ्चारमाध्यम फ्री प्रेस जर्नलका अनुसार श्रीमतीको अश्लील भिडिओ सार्वजनिक गर्ने श्रीमान् र सार्वजनिक गर्न उक्साउने आमा र भाइलाई समेत त्यहाँको स्थानीय प्रहरीले मुद्दा चलाएको छ । 

इङ्गेजमेन्ट गरेर पनि आफूसँग विवाह गर्न अस्वीकार गरेको झोकमा एक व्यक्तिले ती महिलाका प्रेमी अर्थात् अहिलेका श्रीमानलाई अश्लील भिडिओ पठाएका थिए ।

प्रहरीका अनुसार केही महिनाअघि भारतको ऐशबागमा बस्ने १९ वर्षीया ती युवतीसँग २२ वर्षीय पुरुषको विवाह तय भएको थियो । फेब्रुअरी २४ मा, जब विवाह तय भएको जोडी भिडिओ कलमा च्याटमा जोडियो, युवकले महिलालाई कपडा फुकाल्न भने । महिलाले पनि युवकले भनेजस्तै गरिन् । यो सबै दृश्य युवकले स्क्रिन रेकर्डिङको माध्यमबाट कैद गरेका थिए ।

गत सोमबार मात्रै महिलाले ती २२ वर्षीय युवकसँगको इङ्गेजमेन्ट तोडिन् र मंगलबार आफूसँग प्रेम सम्बन्धमा रहेको पुरुषसँग भागेर विवाह गरिन् ।

यसपछि ती युवकले आफूले खिचेको अश्लील भिडिओ महिलाका श्रीमानलाई पठाइदिए । बिहेको रात आफ्नी श्रीमतीको आपत्तिजनक भिडिओ पाएपछि श्रीमानले आफ्नी आमा र भाइलाई देखाए । दुवैले सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्न सल्लाह दिएपछि भिडिओ बाहिरिएको थियो ।

भिडिओ लिक गर्ने पुरुष (श्रीमान्), उनका भाइ र आमासहित महिलाको भिडिओ खिच्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८१ १८:३९