close

नेपालमा समेत रहेको क्लाउड फ्याक्ट्रीमा थपियो ७ अर्ब लगानी

टेकपाना टेकपाना

मंसिर ५, २०७६ ११:३४

नेपालमा समेत रहेको क्लाउड फ्याक्ट्रीमा थपियो ७ अर्ब लगानी

विश्वव्यापीरुपमा आर्टिफिसीयल इन्टेलिजेन्समा वर्कफाेर्सकाे नेतृत्वदायी संस्थाकाे रुपम रहेको क्लाउड फ्याट्रीले स्वपूँजी लगानीको रुपमा सात अर्ब भन्दा रकम प्राप्त भएको जनाएको छ । उक्त स्वपूँजी वेदरफोर्ड क्यापिटलको र एफटीभी क्यापिटलले संयुक्त रुपमा लगानी गरेका हुन् ।

यो लगानी १० लाख मानिसलाई अर्थपुर्ण काम दिने कम्पनीको उदेश्य प्राप्तीको लागि कोसेढुंगा सावित हुने विश्वास लिइएको छ। साथै व्यवसायको क्षमता विस्तारै गर्दै आफ्ना ग्राहकलाई उच्च गुणस्तरिय डाटा सेवा उपलब्ध गराउन मद्दत समेत पुग्ने कम्पानीले जनाएको छ ।

‘पछिल्लो समय जुन रुपमा एआई प्रविधि विकास भइरहेको छ, त्यसका लागि उच्च गुणस्तर युक्त डेटाको आवश्यक पर्छ,’ एफटीभी क्यापीटल पार्टनका एलेक्स मासनले भनेका छन्, ‘त्यसमा क्लाउड फ्याक्ट्रीले विश्व उद्योगमा हालसम्म गुणस्तरिय सेवा प्रदार्न गर्दै आएको छ । त्यसैले क्लाउडफ्याक्ट्रीको टीम र उनीहरुको देखेको भविष्यमा र कम्पनीको उदेश्य प्राप्तीको लागि हामीले लगानी गरका हौं ।’

एआई र मेसिन लर्निङ प्रविधि विश्वमा परिष्कृत हुँदै गएको छ । तर, एआई र मेसिन लर्निङको लागि आवश्यक डेटा भने पर्याप्त रुपमा उपलब्ध छैन । त्यस्तोमा क्लाउड फ्याट्रीले मानिस र प्रविधिलाई एकै स्थानमा ल्याएर व्यवसायको लागि आवश्यक गुणस्तरिय डेटा उपलब्ध गराउँदै आएको छ ।

प्राप्त भएको थप लगानी कम्पनीले दक्ष कर्मचारी तयार पार्न, उनीहरुलाई शिप तथा तालिम प्रदान गर्न, विश्व बजारमा एआई र मेसिन लर्निङको विषयमा जनचेतना फैलाउन र व्यवसायको विकासमा लागानी गर्ने उल्लेछ । यसका साथै कम्पनीले प्रविधिलाई अझ परिष्कृत गर्न यो लगानी सदुपयोग गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१