close

नेपाल आईडलका लागि ई-सेवाबाट भोटिङ खुल्ला

टेकपाना टेकपाना

माघ २२, २०७६ १७:४१

नेपाल आईडलका लागि ई-सेवाबाट भोटिङ खुल्ला

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो नेपाल आईडलमा ई-सेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडलको तेश्रो संस्करणमा यसपटक ई-सेवामार्फंत भोटिङ गर्न सकिने भएको हो । 

ई-सेवाको एण्ड्रोइड तथा आईओएस मोबाइल एपमार्फत आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ ।प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोट देखि अधिकतम एक हजार भोटसम्म गर्न सकिने बताइएको छ ।

भोटिङ शुक्रबार बेलुकी ८ः३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिनेछ । नेपाल आईडलमा हाल टप ११ प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०