close

धेरै भागमा फोल्ड गर्न मिल्ने फोन बनाउँदै सामसङ

टेकपाना टेकपाना

माघ २९, २०७६ १४:२५

धेरै भागमा फोल्ड गर्न मिल्ने फोन बनाउँदै सामसङ

काठमाडौं । सामसङले मंगलबारमात्रै आफ्नो फोल्डेबल फोन ‘ग्यालेक्सी जेड फ्लिप’ सार्वजनिक गर्‍याे । जुन एक ठाउँमा मात्रै फोल्ड हुन्छ । त्यसको चर्चा चल्दै गर्दा कोरियन कम्पनी सामसङले आफु त्यो भन्दा पनि अझ बढी सक्षम रहेको बताएको छ ।

‘हामी प्राविधिक रुपमा एउटै फोनलाई विभिन्न ठाउँमा फोल्ड गर्न मिल्ने गरि बनाउन सक्षम छौं’, सामसङ मोबाइलका प्रमुख रोह ताई–मूनले भने, ‘फोल्डीङ फोन भन्दा पनि ग्राहकलाई उनिहरुले तिरेको मूल्यको प्रतिफल दिनु हो । त्यसकालागि कसरी र कस्तो फोन ल्याउने भन्ने विषय छ । त्यसमा कम्पनी अहिले काम गरिरहेको छ ।’

उनले भनेको यो कुरालाई कम्पनीले दर्ता गरेको प्याटेन्टले पनि प्रमाणित गर्छ । कम्पनीले एउटै फोनलाई विभिन्न ठाउँमा फोल्ड गर्न मिल्ने प्याटेन्ट आफ्नो नाममा यसअघि नै दर्ता गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१