close

दादुरा–रुबेला खोप अभियानमा एनसेलको साथ

टेकपाना टेकपाना

फागुन २, २०७६ ७:५९

दादुरा–रुबेला खोप अभियानमा एनसेलको साथ

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल प्रालिले राष्ट्रिय दादुरा–रुबेला अभियानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्ने भएको छ । ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने सरकारी लक्षमा कम्पनीले साथ दिने भएको हो ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा सम्पन्न गर्नेछ । फागुन १ देखि ३० गतेसम्म संचालन हुने पहिलो चरणको अभियान अन्तर्गत प्रदेश १,२ र ५ का बालबालिकालाई दादुरा र रुबेला खोप लगाईनेछ । त्यसैगरी चैत्र १ गते देखि चैत्र ३० गते सम्म संचालन हुने दोस्रो चरणको अभियानमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बालबालिकालाई खोप लगाइनेछ ।

‘दादुरा रुबेला विरुद्धको खोप लगाउन जनचेतना अभिवृद्धि गर्ने कार्यमा एनसेलबाट प्राप्त सहयोगको लागि एनसेललाई धन्यवाद दिन चाहन्छांै,’ परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने ।

राष्ट्रिय प्राथमिकतामा रहेको दादुरा रुबेला खोप अभियान अन्तर्गत खोपको महत्वका बारेमा जनचेतना अभिवृद्धिमा सहकार्य गर्न पाउँदा निकै हर्षित भएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले बताएका छन् ।

एनसेलले आफ्नो व्यवसायीक सामाजिक जिम्मेवारी अन्तर्गत देशभर स्वास्थ्यसँग सम्बन्धि जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न २०७६ साल असोज १३ मा मन्त्रालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । यस अघि एनसेलले स्वास्थ्य सम्बन्धि जनसचेतना अभिवृद्घिको सहकार्य अन्तर्गत डेङ्गीको बारेमा जनसचेतना अभिवृद्घिको लागि सहयोग गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१