close

म्यासेजमा पठाइएका नग्न तस्विर आफै डिलिट हुने ट्वीटरको नयाँ फिचर

टेकपाना टेकपाना

फागुन ६, २०७६ ११:४०

म्यासेजमा पठाइएका नग्न तस्विर आफै डिलिट हुने ट्वीटरको नयाँ फिचर

एजेन्सी । असामाजिक तथा अश्लिल तस्विरजन्य सन्देशबाट प्रयोगकर्तालाई बचाउन नयाँ सोसल मिडिया फिल्टर सार्वजनिक भएको छ । उक्त नयाँ फिल्टरले प्रयोगकर्तालाई कुनै पनि किसिमको अश्लिल तथा नग्न तस्विरहरु प्राप्त गर्नबाट रोक्ने छ । 

गएको शुक्रबार सेफ डीएम नामको एउटा सोसल मिडिया फिल्टर सार्वजनिक भएको छ । यसले ट्वीटर म्यासेजबाट पठाईने गप्ताङ्ग जस्ता अश्लिल तस्विरहरुलाई प्रयोगकर्ताले प्राप्त गर्नु अघि नै डिलिट वा ब्लक गर्नेछ । 

केस्ले ब्रेस्लर नामकी एकजना डेभलपरले अनावश्यक अश्लिल तस्विरहरु सामाजिक सञ्जालबाट आएपछि उनले यस्तो फिचर विकास गरेकी हुन् । 

तर ब्रेस्लरले उक्त फिल्टर अहिले सुरुवाती चरणमा रहेको भन्दै यसलाई तत्कालै ठूला सोसल मिडिया प्लेटफर्ममा प्रयोग नगर्ने बताइन् । तर उनले यसलाई अन्य मिडिया प्लेटफर्ममा रोलआउट गर्ने विषयमा कुराकानी भईरहेको बताएकी छिन् । 

उनले भनिन्, ‘विकासको प्रक्रियामा रहेको यो फिल्टर अहिले परीक्षण गर्दै छौं । यसले डाइरेक्ट म्यासेजबाट आउने पुरुषको लिंगको तस्विरलाई डिटेक्ट गरेर त्यसलाई हटाईदिनेछ ।’ उनले ट्वीटरमा पोस्ट गर्दै भनेकी छिन् । 

परीक्षणको क्रममा चार हजार त्यस्ता तस्विरहरु पठाइएको थियो । फिल्टरले त्यस समय ९९ प्रतिशत काम सफलतापुर्वक गरेको थियो ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१