close

च्याटजीपीटीको एन्ड्रोइड एपमा एडिट अप्सन आउँदै, कसरी गर्ने प्रयोग ?

टेकपाना टेकपाना

बैशाख १५, २०८१ ८:२८

च्याटजीपीटीको एन्ड्रोइड एपमा एडिट अप्सन आउँदै, कसरी गर्ने प्रयोग ?

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याटजीपीटीमा एडिटको प्सन आउने भएको छ । एन्ड्रोइडबारे जानकारी दिने प्लेटफर्म ‘एन्ड्रोइड अथोरिटी’का अनुसार कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो । 

सन् २०२२ मा सार्वजनिक भएको यो प्लेटफर्म छोटो समयमा नै लोकप्रिय हुन पुग्यो । मानिसकै शैलीमा जवाफ दिने भएपछि यो धेरैको रोजाइमा पर्न सफल भएको हो । सुरुवाती समयमा वेबमा मात्र उपलब्ध यो प्लेटफर्म विस्तारै आईफोनका लागि आईओएस भर्सनमा उपलब्ध गराइयो । त्यसको केही समयपछि कम्पनीले आफ्नो टुल एन्ड्रोइड एपमा पनि उपलब्ध गराएको थियो । अहिले सो एपमा विभिन्न किसिमका फिचरहरू उपलब्ध छन् । 

कम्पनीले अहिले भने एन्ड्रोइड एपमा एडिटको अप्सन ल्याउने तयारी गरेको छ । अहिले च्याटजीपीटीलाई प्रश्न सोधियो र त्यसले दिएको प्रश्नको जवाफ चित्त बुझेन भने पुनः प्रश्न राख्नुपर्ने हुन्छ । नयाँ फिचर उपलब्ध भएपछि भने पहिलेकै प्रम्प्टलाई एडिट गरेर प्रश्न सच्याउन वा आफूले चाहेको जस्तो प्रश्न सोध्न पाइने बताइएको छ ।

कम्पनीले यो फिचर भर्सन १.२०२४.११५ मा उपलब्ध गराउने तयारी गरेको हो । यो एप वेब भर्सनमा भने पहिले नै उपलब्ध भइसकेको छ । कम्पनीले आईओएस भर्सनमा पनि यो फिचर ल्याउने तयारी गरिरहेको छ । 

पछिल्लो समय च्याटजीपीटीमा यस्ता आकर्षक फिचरहरू आइरहेका छन् । कम्पनीले हालै मात्र एपमा अकाउन्ट नबनाएरै प्रयोग गर्न सकिने फिचर ल्याएको छ । सशुल्क भर्सनमा भने कम्पनीले जीपीटी फोर टर्बो र ड्यालई थ्री फिचर उपलब्ध गराएको छ । 

च्याटजीपीटीको नजिकको प्रतिद्वन्द्वी जेमिनाई एआईले पनि पछिल्लो समय आकर्षक फिचरहरू ल्याउने क्रम जारी राखेको छ । अबको केही समयमा गुगलका अन्य प्रडक्टमा पनि यो च्याटबट प्रयोग गर्न सकिने बताइएको छ । सशुल्क भर्सनमा भने अहिले पनि गुगलका विभिन्न प्रडक्टमा जेमिनाई एआई प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८१ ८:२८