close

कोरोनाबारे सूचित रहन भाइबरमार्फत यसरी जोडिनुहोस् सरकारसँग

टेकपाना टेकपाना

चैत १४, २०७६ १७:३५

कोरोनाबारे सूचित रहन भाइबरमार्फत यसरी जोडिनुहोस् सरकारसँग

काठमाडौं । कोरोना भाइरस कोभिड १९ बारे सही तथा आधिकारिक सूचना तथा जानकारीका लागि अब सोझै सरकारसँग जोडिन मिल्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससँग सम्बन्धित आधिकारिक जानकारी दिन छुट्टै भाइबर ग्रुप तयार पारेको हो ।

यदि तपाईं पनि मन्त्रालयको उक्त भाइबर ग्रुपमा जोडिन चाहनुहुन्छ यो लिंकमा क्लिक गर्नुहोस् । यसबाट तपाईं अरुलाई पनि ग्रुपमा जोड्न तथा आमन्त्रित गर्न सक्नुहुनेछ । केही दिन अघि मात्रै तयार पारिएको यो ग्रुपमा समाचार तयार पार्दासम्म करीब १ लाख २५ हजार जना आवद्ध भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६