close

टेलिभिजनलाई कम्प्युटर मनिटरको रुपमा यसरी प्रयोग गर्नुहोस्

टेकपाना टेकपाना

चैत १८, २०७६ १५:९

टेलिभिजनलाई कम्प्युटर मनिटरको रुपमा यसरी प्रयोग गर्नुहोस्

काठमाडौं । टेलिभिजनलाई कम्प्युटर मनिटरको रुपमा प्रयोग गर्न सकिने कुरा तपाईंले सुन्दै आउनु भएको हुनसक्छ । सुन्नु भएको छ भने तपाईले ठिकै सुन्नु भएको छ । 

तपाईसँग यस्तो सिस्टम सेटअप गर्न आवश्यक उपकरण  छ, र सही कनेक्सन गर्न सक्ने हो भने यो सम्भव छ । 

१. कनेक्सन चेक गर्नुहोस् 

टेलिभिजनलाई कम्प्युटर मनिटरको रुपमा प्रयोग गर्न सबैभन्दा पहिला कम्प्युटर र टीभीको पोर्टहरु चेक गर्नुहोस् । तर पोर्टहरुमा समस्या भए पनि यसको समाधान गर्न हामीसँग अहिले बजारमा उपलब्ध अडियो भिडियो स्ट्याण्डर्ड एचडीएमआई विकल्पको रुपमा हुन्छ । 

अहिलेका सबै आधुनिक टीभीहरुमा कम्तिमा एउटा एचडीएमआई पोर्ट अवश्य हुनेगर्छ । यदि तपाईंसँग आफैले किनेको डेडिकेटेड जीपीयू छ भने एचडीएमआई पोर्टसँग अरु थुप्रै ग्राफिक्स कार्डहरु पनि आउने गर्छन् । तर यो सबैसँग नहुन सक्छ । 

कम्प्युटरमा भएका पोर्टहरु चेक गर्नुहोस् विशेषगरी जीपीयूबाट । यसबाट तपाईंको टिभीले एचडीएमआई कनेक्सन सपोर्ट गर्छ वा गर्दैन भन्ने कुरा थाहा पाउन सकिन्छ ।

तपाईंले दुई किसिमका एचडीएमआई अप्सन पाउन सक्नुहुन्छ । एउटा बेसिक मेल टु मेल एचडीएमआई लिंक हो । जहाँ तपाईसँग धेरै केबल अप्सन हुन्छ । 

यस्तै अर्को भनेको मिनी एचडीएमआई कनेक्सन हो । जसमा डिभाइसमा एउटा मिनी एचडीएमआई पोर्ट हुन्छ । यसका लागि एचडीएमआईदेखि मिनी एचडीएमआई केबल आवश्यक पर्छ । 

इथर अप्सनले तपाईको कम्प्युटर डिस्प्लेलाई टीभीमा रुट गराउँछ । एचडीएमआई केबललाई दुबै डिभाइसमा प्लग अन गर्नुहोस् र टर्न अन गर्नुहोस् । एचडीएमआई दुबै डिभाइसलाई जोड्न सक्ने गरी लामो हुनुपर्छ । 

२. एचडीएमआई छैन भने यसो गर्नुहोस्

कहिलेकाँही तपाईको टीभी वा कम्प्युटरसँग मिल्ने सही एचडीएमआई पोर्ट हुँदैन । जसले गर्दा कनेक्सन सजिलो हुँदैन । 

टिभी वा कम्प्युटरमा एचडीएमआई पोर्ट छैन भने पनि डीभीआई पोर्ट त अवश्य हुनुपर्छ । एचडीएमआई आउनु अगाडिका पुराना मोडलमा यस्तो सिस्टम हुने गर्दथ्यो । 

यसआलावा ग्राफिक्स कार्ड वा मोदरबोर्ड भएको एचडीएमआई नभएका कम्प्युटरमा पनि डीभीआई पोर्ट हुन्छ । यद्यपी एडप्टरले पनि डीभीआई वा एचडीएमआई कनेक्सनका लागि पुलको काम गर्छ ।

यसमा अमेजनको बेसिक मोडल एकदमै अफोर्डेबल पनि छ । तर एडप्टर प्रयोग गर्दा इन्पुटको अभाव, कमजोर भिडियो क्वालिटी र विभिन्न समस्या देखिन सक्छ । 

यस्तै जब कम्प्युटरसँग डिस्प्ले पोर्ट कनेक्सन हुन्छ, त्यसबेला एचडीएमआई पोर्ट हुँदैन । डिस्प्ले पोर्ट वा मिनी डिस्प्ले पोर्टलाई प्राथमिकता दिने आजभोलीका नयाँ कम्प्युटरमा पनि एचडीएमआई पोर्ट हुँदैन । तर यदि डिस्प्ले पोर्ट एडप्टर छ भने यसले सहयोग गर्न सक्छ । 

साथै यसबाट तपाईंले आफ्नो ग्राफिक्स कार्डलाई अपग्रेड गर्न पनि सक्नुहुन्छ । यसले तपाईंको पोर्टको समस्यामा पनि काम गर्न सक्छ ।

यदि तपाईं ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने त्यसमा पनि एक्सटर्नल जीपीयू डकको अप्सन हुन्छ । यसले तपाईंको टीभी वा कम्प्युटरका लागि नयाँ तथा उत्कृष्ट ग्राफिक्स कार्ड प्राप्त गर्न सहयोग पुर्‍याउँछ ।

तपाईंलाई आवश्यक पर्ने सबै कनेक्सनका लागि यसले कस्टमाइज पनि गरिदिन्छ । तर ईजीपीयू महंगा हुन्छन् । यो गेम खेल्नेहरुका लागि राम्रो मानिन्छ । 

३. अडियोको काम 

एचडीएमआईले अडियोलाई पनि सपोर्ट गर्छ । तर कम्प्युरटदेखि टीभीसम्म अडियोलाई राउटिङ गर्नु अवश्य पनि भिडियो राउटिङ गर्नेभन्दा अप्ठ्यारो काम हो । तपाईंको जीपीयूको क्षमता कति छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

धेरै जसो आधुनिक जीपीयूमा ग्राफिक्स कार्ड भित्रै आफ्नै एचडी अडियो कोडेक हुन्छ । यो एचडीएमआई र डिस्प्ले पोर्टको लागि डिजाइन गरिएको हुन्छ । यसले उच्च गुणस्तरको अडियो दिनसक्छ । 

तपाईंको जीपीयूले त्यसलाई सपोर्ट गरेन भने एस/पीडीआईएफ अडियो पास थ्रु प्रयोग गर्नसक्नुहुन्छ । यसले ग्राफिक्स कार्डबाट अडियोलाई एचडीएमआई कनेक्सनमा पठाउने काम गर्छ ।

यदि तपाईं आफै पीसी बनाउँदै हुनुहुन्छ भने तपाईंलाई एक्स्ट्रा कस्टमाइजेसनको आवश्यकता पर्छ । जसमा तपाईंले आफ्नो जीपीयूमा एस/पीडीआईएफ कम्पोनेन्टलाई अडियो कन्ट्रोलरसँग कनेक्ट गराउनुपर्ने हुन्छ । 

 यदि तपाईंको जीपीयूले कुनै पनि अप्सनलाई सपोर्ट गरेन भने हेडफोन वा स्पिकर सिधै पीसीमा प्लग ईन गर्नसक्नुहुन्छ ।

४. सीमितता

यी सेटअपको तरिकाले तपाईको टीभीसँग कम्प्युटरको कनेक्सन त बन्न सक्छ । तर टीभीले मनिटरले जस्तै कम्प्युरको सबै क्रियाकलापलाई सपोर्ट गर्दैन भन्ने कुरा चाहिँ ख्याल गर्नुहोस् ।

यसकारण तपाईसँग कस्तो हार्डवेयर छ, यसले तपाईंको अनुभवलाई निर्धारण गर्नेछ । तपाईंको ईनपुटमा सुस्तता आउने, माउस मुभमेन्ट, टेक्स्ट साइज र रेजोलुसन सबैमा समस्या आउन सक्छ ।

त्यसैले यसबाट सबै समस्याहरु सम्बोधन हुनसक्दैन । तर तपाईंले निम्न कुरामा ध्यान दिनुभयो भने टीभी कनेक्सनलाई थप राम्रो बनाउन सक्नुहुन्छ । 

१. क्रोमा सबस्याम्पलिङ

क्रोमा सबस्याम्पलिङ भनेको एउटा कम्प्रेसन स्ट्याण्डर्ड हो । यो भिडियो पठाउनका लागि प्रयोग हुन्छ ।

एचडीएमआई कनेक्सनबाट कुनै कलर डेटा पठाउँदा हुने कम्प्रेसनलाई यसले रोक्छ । जसले गर्दा कम्प्युटर र टीभी कनेक्सनमा यसले राम्रो काम गर्छ । 

२. एचडीएमआई जेनेरेसनलाई म्याच गराउनुहोस् 

तपाईंको सबै डिभाइस र केबलले अहिलेको पछिल्लो एचडीएमआईलाई सपोर्ट गर्छ भने तपाईंले राम्रो रिजल्ट पाउन सक्नुहुन्छ । अहिलेको एचडीएमआई २.१, एचडीएमआईको नयाँ भर्सन हो । यो सबै कुराको लागि पर्याप्त छ ।

यसले हाईफ्रेम रेटमा फोरके रेजोलुसनका लागि पनि राम्रो काम गर्छ । कनेक्सन राम्रो बनाउनका लागि तपाईं उच्च गुणस्तरको एचडीएमआई १.४ वा २.० प्रयोग गर्न पनि सक्नुहुन्छ । 

३. राम्रो प्रोसेसर

कम्प्युटरमा पुरानो प्रोसेर भयो भने कहिलेकाँही यसले डिभाइसको पर्फमेन्सलाई बिगार्न सक्छ । यो कनेक्सनका लागि पनि तपाईंले अपडेटेड प्रोसेसर प्रयोग गर्नु भयो भने राम्रो हुन्छ । 

४. टिभी माउन्टिङ अभ्यास 

टीभी माउन्टिङले दृश्यको गुणस्तरलाई असर गर्दैन । तर यसले आखाँ र घाटीमा समस्या पार्नसक्छ ।

यसकारण तपाईंको टीभीलाई मनिटरको रुपमा कहाँ राख्दा सजिलो त्यस्तो ठाउँ हेर्नुहोस् । आखाँको तहभन्दा धेरै तल वा धेरै माथि नराख्नुहोस् । 

५. नयाँ एचडीटिभी 

नयाँ अत्याधुनिक एचडीआर स्ट्याण्डर्ड एचडीआर टेनले तपाईंको दृश्यको गुणस्तरलाई सुधार गर्न सक्छ । नयाँ टीभीहरुमा यो सजिलै उपलब्ध हुने हुँदा यसले एक्स्ट्रा बोनसको काम गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१