close

टिक-टक जस्तै एप ल्याउँदै युट्युव

टेकपाना टेकपाना

चैत २२, २०७६ ८:४७

टिक-टक जस्तै एप ल्याउँदै युट्युव

काठमाडौं । युट्युवले टिकटकसँग प्रतिस्पर्धा गर्न ‘ शर्ट्स’ नामक भिडियो एप ल्याउने भएको छ । सन् २०२० का अन्त्यसम्म उक्त एप सार्वजनिक गरिने उल्लेख गरिएको छ ।

यो युट्युवको एप्लिकेसनमा नै उपलब्ध हुनेछ । ‘शर्ट्स’ मा प्रयोगकर्ताले छोटो भिडियो अपलोड गर्न सक्नेछन् ।

जुन फीडको रुपमा रहने बताइएको छ । यसमा प्रयोगकर्ताले युट्युवको म्युजिकको क्याटलग समेत प्रयोग गर्न सक्नेछन् । जसको लाइसेन्स युट्युवसँग रहेको छ ।

टिकटकले पाएको सफलतापछि छोटो भिडियो एप सार्वजनिक गर्ने लहर नै चलेको छ । यसअघि फेसबुकले पनि भारतलाई लक्षित गर्दै ‘लास्सो’ नामक एप सार्वजनिक गरेको थियो । इन्टाग्रामले भिडियो म्युजिक रिमिक्स गर्ने एप ‘रिल्स’ सार्वजनिक गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१