close

अस्पतालहरुमा मास्क उपलब्ध गराउँदै एप्पलका मालिक टिम कुक

टेकपाना टेकपाना

चैत २४, २०७६ १३:५१

अस्पतालहरुमा मास्क उपलब्ध गराउँदै एप्पलका मालिक टिम कुक

काठमाडौं । आईफोन निर्माता कम्पनी एप्पलका मालिक टिम कुकले अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा सहयोगीलाई मास्क तथा फेस सिल्ड उपलब्ध गराउने भएका छन् । त्यसका लागि उनले आफ्ना विभिन्न सप्लायर्समार्फत हालसम्म कुल दुई करोड मास्क संकलन भइसकेको उल्लेख गरिएको छ ।

‘हालसम्म हामीले कुल २० मिलियन मास्क संकलन गरिसकेका छौं,’ कुकले भनेका छन्, ‘उक्त माक्स अस्पतालमा हाम्रा लागि काम गर्ने डाक्टर तथा नर्स र उनीहरुका सहयोगीका लागि उपलब्ध गराइने छ ।’ यसका साथै उनले डाक्टरहरुका लागि आवश्यक पर्ने ‘फेस सिल्ड’ समेत उत्पादन गरेर प्रदान गर्ने जनाएका छन् ।

त्यसका लागि एप्पलका डिजाइन, इन्जिनियर, अप्रेसन र प्याकेजिङ टिम हाल विभिन्न सप्लायर्ससँग डिजाइन बनाउन र त्यसको उत्पादनका लागि काम गरिरहेको उनले बताएका छन् ।

यसका लागि विभिन्न विज्ञ तथा डाक्टरबाट आवश्यक सुझाव समेत लिइएको उनले बताएका छन् । उक्त फेस सिल्ड एउटा प्याकमा सय वटाका दरले उपलब्ध हुने उल्लेख गरिएको छ ।

यसको उत्पादन अमेरिका र चीनमा हुनेछ । यसै हप्ताभीत्र करीब एक करोड मास्क उत्पादन गरी पठाइनेछ भने, आगामी हप्ताबाट सातामा एक करोड भन्दाबढी उत्पादन गरेर अस्पतालहरुमा पठाइने उनले बताएका छन्।

विशेषगरी अमेरीकी सरकार र त्यहाँका मेडिकल पेशाकर्मीसँगको सहकार्यम पहिलो चरणमा यी उत्पादन उपलब्ध गराइने छ । त्यसपछिका दिनमा अन्य देशमा उपलब्ध हुने कुकले भिडियो मार्फत जानकारी दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१