close

नयाँ आईफोन आईप्याड प्रो जस्तै डिजाइनमा !

टेकपाना टेकपाना

बैशाख ४, २०७७ १६:४६

नयाँ आईफोन आईप्याड प्रो जस्तै डिजाइनमा !

काठमाडौं । एप्पलले २०२० मा चार वटा नयाँ आईफोनहरु सार्वजनिक गर्ने खबरहरु बाहिर आएका छन् । एप्पलका यी चारै आईफोन मोडेलको डिजाइन उसको पछिल्लो आईप्याड प्रोबाट प्रेरित रहेको बताइएको छ ।

एप्पलले सार्वजनिक गर्ने यी नयाँ फोनको किनाराको डिजाइन स्टिलले बनेको चेप्टो आकारको हुनेछ । यस अघिका आईफोन इलाभेनमा कर्भ्ड आकारको किनारा रहेको थियो ।

नयाँ फोनहरुको किनारा भने आईफोन फाइभ र आईप्याड प्रोको डिजाइनमा रहने खबर ब्लुमबर्गले सार्वजनिक गरेको छ । तर बजेट मोडेलका आईफोनमा पनि यो नयाँ डिजाइन हुन्छ वा हुँदैन भन्ने विषय चाहिँ स्पष्ट भएको छैन ।

नयाँ प्रडक्टबारे बाहिर चलेका हल्लाहरुमाथि एप्पलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।आईफोन इलाभेन प्रो म्याक्सको सक्सेसर मानिएको यी फोनमा ६.५ इञ्चको स्क्रिन हुनेछ ।

एप्पलले यो फोनमा नोच हटाउनेछ । दुईवटा प्रिमियम स्मार्टफोनमा तीनओटा रियर क्यामेरा हुनेछन् । त्यसमा एप्पलको लिडार स्क्यानर हुनेछ, जुन २०२० आईप्याड प्रोमा पनि रहेको थियो ।

तर यी फोनको रंग र मूल्यहरुबारे अझै स्पष्ट भइसकेको छैन । यसैबीच एप्पलको अर्को बजेट फोन एसईको सिक्वेल पनि हुने र त्यो पनि चाँडै रिलिज हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४