close

कोरोना सम्बन्धी १.८ करोड भ्रामक ईमेल हटाउँदै गूगल

टेकपाना टेकपाना

बैशाख ६, २०७७ ११:१०

कोरोना सम्बन्धी १.८ करोड भ्रामक ईमेल हटाउँदै गूगल

काठमाडौं । लकडाउनका कारण घरभित्रै बस्नु पर्ने बाध्यतामा पछिल्लो समय साइबर अपराध बढिरहेको छ । गत जनवरीदेखि कोरोना भाइरस सम्बन्धी फिसिङ अट्याक ६६७ प्रतिशत वृद्धि भएको छ ।

ह्याकरहरुले विश्व चर्चित संस्था विश्व स्वास्थ्य संगठनको नामबाट विभिन्न फर्जी ईमेलहरु पठाइरहेका छन् । गत बिहीबार गूगलले जीमेलमा आउने ईमेलहरुलाई फिल्टर आफूले चालेको कदमबारे जानकारी गराएको थियो ।

गूगलले गत हप्ता मात्र एक करोड ८० लाख माल्वेयर तथा फिसिङ ईमेलहरु देखा परेको बताएको थियो । प्रत्येक दिन आउने त्यस्ता ईमेल कोरोना भाइरससँग जोडिएका थिए ।

यस अलावा कम्पनीले दैनिक २४ करोड कोरोनासँग सम्बन्धित स्पाम ईमेलहरु ब्लक गर्दै आइरहेको छ । जीमेलको मेसिन लर्निङ एल्गोरिदमले स्पामलाई फिल्टर गर्नुका साथै माल्वेयर ईमेललाई ९९.९ प्रतिशतले घटाएको दाबी गरेको छ ।

गूगलले डीएमएआरसी अर्थात् डोमेन बेस्ड म्यासेज अथेन्टिकेसन रिपोर्टिङ एण्ड कन्फर्मेसन्स प्रविधिबाट फ्रड डोमेनहरुलाई हटाउन सहकार्य समेत थालेको छ । यो प्रविधिले स्पाम म्यासेजहरु पहिचान गरी ब्लक गर्न मद्दत गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४