close

एन्ड्रोइडबाट आईफोनमा डेटा ट्रान्सफर गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख १९, २०७७ १२:४६

एन्ड्रोइडबाट आईफोनमा डेटा ट्रान्सफर गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । तपाईंले नयाँ आइफोन किन्नु भएको छ, तर आवश्यक सबै चिजहरु पुरानाे एन्ड्रोइड फोनमा छ । अब एन्ड्रोइडबाट एप्पलमा ती स्टफहरु कसरी सार्ने भन्ने सोचमा हुनुहुन्छ भने यहाँ हामी त्यसकाे उपाय बताउँदै छाैं ।

गूगल पिक्सेल थ्री, फोर वा ग्यालेक्सी नोट टेन जस्ता फोनमा आईफोनबाट सजिलै डेटा सार्न मिल्ने सुविधा भए जस्तै अब एप्पलमा पनि यो सुविधा उपलब्ध छ । एप्पलले हालै मुभ टु आईओएस नामक नयाँ एन्ड्रोइड एप तयार गरेको छ । यसबाट एन्ड्रोइडमा भएका सबै सामग्रीहरु एप्पलका आईफोनमा डाउनलोड गर्न सकिन्छ ।

यो एपबाट कन्ट्याक्ट, म्यासेज हिस्ट्री, वेबसाइट बूकमार्क्स, इमेल अकाउन्ट, क्यालेण्डर, फोटो, भिडियो र आईओएसको एप स्टोरमा फ्री रहेका सबै एन्ड्रोइड एप्सहरुलाई डाउनलोड गर्न मिल्छ ।

यो एपलले एन्ड्रोइड नाईन र त्यसअघिका फोनहरुमा पनि काम गर्नसक्ने बताइएको छ । एन्ड्रोइड टेनमा आधारित मोबाइलमा पनि यसलाई प्रयोग गर्ने कोसिस गरिएको थियो । तर दुई वटा फोनमा यो कनेक्ट हुन नसकेको पाइएको छ । एन्ड्रोइडबाट आईफोनमा कसरी स्वीच गर्ने अर्थात् डेटा ट्रान्सफर गर्ने भन्ने विधि यहाँ प्रस्तुत छ ।

एन्ड्रोइड नाईन र त्यसअघिका फोनबाट डेटा ट्रान्सफर 

डेटा ट्रान्सफर गर्नु अघि दुवै फोन चार्ज गर्नुहोस् । ब्याट्री चार्ज भइसकेपछि एन्ड्रोइड फोनलाई वाईफाईसँग कनेक्ट गर्नुहोस् । यदि तपाईं आफ्नो फोनमा क्रोम प्रयोग गर्नुहुन्छ र बुकमार्क्स ट्रान्सफर गर्न चाहनुहुन्छ भने ट्रान्सफर गर्नु अघि तपाईंको एप अपडेट भएको सुनिश्चित गर्नुहोस् ।

तपाई‌ंको आईफोनको पावर अन गर्नुहोस् र त्यसको एप्स एण्ड डेटा स्क्रिनमा जानुहाेस् । त्यहाँ मुभ डेटा फ्रम एन्ड्रोइड चयन गर्नुहोस् । सँगसँगै आफ्नो एन्ड्रोइड फोनमा मुभ टु आईओएस फ्रम गूगल प्ले स्टोर इन्स्टल गर्नुहोस् र त्यसलाई ओपन गर्नुहोस् । फेरी आफ्नो आईफोनमा आएर मुभ फ्रम एन्ड्रोइड स्क्रिन कन्टिन्युमा ट्याप गर्नुहोस् । त्यहाँ ६ देखि १० डिजिटको कोड नम्बर देखा पर्नेछ ।

फेरी आफ्नो एन्ड्रोइड फोनमा जानुहाेस् । त्यहाँ मुभ टु आईओएस स्क्रिन भएको ठाउँमा कन्टिन्यूमा ट्याप गर्नुहोस् । त्यसपश्चात टर्म्स र कन्डिसनहरु पढेर एग्री बटन थिच्नु होस् । त्यहाँ कोड स्क्रिन पाउनुहनेछ । दायाँ तर्फ शिरानीमा रहेको नेक्स्ट बटनमा ट्याप गर्नुहोस् र त्यहाँ गएर त्यो ६ देखि १० डिजिटको कोड टाइप गर्नुहोस् ।

अब एन्ड्रोइड फोनमा ट्रान्सफर डेटा स्क्रिनमा ती सामग्री र स्टेपहरु सेलेक्ट गर्नुहोस्, जसलाई तपाईं आईफोनमा सार्न चाहनुहुन्छ । त्यसपछि नेक्स्ट ट्याप गर्नुहोस् । यो प्रक्रियामा केही लामो समय लाग्छ । तपाईंको एन्ड्रोइड फोनले सबै प्रक्रिया सकिसकेको नोटिफिकेसन पठाए पनि आईफोनमा लोडिङ बार नसकिएसम्म दुवै फोनलाई अन गरिराख्नुहोस् । 

त्यसपछि आईफोनमा सेटअप गर्न अनस्क्रिन स्टेप्सहरु पछ्याउनुहोस् । यो ट्रान्सफरको काम पुरा भइसकेपछि तपाईंको एप स्टोरमा मिल्ने फ्री एप डाउनलोड गर्नुहोस् । 

एन्ड्रोइड टेन वा नयाँ डिभाइसबाट डेटा ट्रान्सफर गर्न


तपाईसँग एन्ड्रोइड टेन चल्ने फोन छ र तपाईं त्यसभित्रको डेटा आइफोनमा ट्रान्सफर गर्दै हुनुहुन्छ भने मुभ टु आईओएस प्रयोग गर्नुहोला । यदि यसले काम गरेन भने म्याक र पीसीका लागि थर्ड पार्टी एपहरु पनि उपलब्ध छन् । जसमध्ये एनी ट्रान्स एउटा चर्चित एप हो ।

यदि तपाईंले गूगलको इकोसिस्टममै सवै लगानी गर्नु भएको छ भने आईफोनमा जाने बित्तिकै तपाईंले यसलाई छोड्नुपर्ने जरुरी छैन । आईओएसका लागि दर्जनाैँ गूगल एप्स छन् । जस्तै गूगल क्रोम, जीमेल, गूगल ड्राइभ, गूगल क्यालेण्डर, गूगल म्याप्स, गूगल फोटोज, युट्युव, गूगल प्ले म्युजिक, गूगल प्ले बूक्स र गूगल प्ले मुभिज सवै आईओएसमा पनि पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३