close

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन मन्त्री खतिवडाको आग्रह

टेकपाना टेकपाना

बैशाख २१, २०७७ १२:२९

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन मन्त्री खतिवडाको आग्रह

काठमाडौं । प्रविधिको क्षेत्रमा लगानी गर्न अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले सबैलाई आग्रह गरेका छन् । मन्त्री खतिवडाले शनिबार परेको तेस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश दिँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।

‘आजको युगमा प्रविधिको सहयोग बिना देशको विकास सम्भव छैन,’ मन्त्री खतिवडाले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ, ‘पारदर्शितालाई पूर्णरुपमा कार्यान्वयन गर्न तथा भ्रष्टाचार मुक्त र चुस्त प्रशासनमार्फत छिटो छरितो एवम् लागत प्रभावी सेवाप्रवाह गर्नका लागि सूचना प्रविधिको प्रयोग प्रभावकारी भइरहेको छ । त्यसैले पनि यो क्षेत्रको विकास आवश्यक छ ।’

मन्त्री खतिवडाले सरकारले पनि सूचना प्रविधिमार्फत देशभर सुशासन, दिगो विकास एवं गरिबी न्यूनीकरणका लक्ष्य प्राप्तिका लागि डिजिटल नेपाल फ्रेमवर्क पाँच वर्षभित्र पूर्णरुपमा लागु गर्न सक्रियताका साथ कार्यक्रम कार्यान्वयन भइरहेको बताएका छन् ।

सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न सरकाले कानूनहरुको निर्माण एवंम् संशोधन गरिरहेको बताउँदै मन्त्री खतिवडाले विश्व परिवेशमा जस्तै नेपालमा पनि यो क्षेत्रमा अगाडि बढ्ने कार्यमा सरकारसँग सहकार्य गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । साथै उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई यो क्षेत्रमा खुलेर लगानी गर्न आह्वान समेत गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३