close

गूगलको वर्चश्व यसरी तोड्दैछ ह्वावे

टेकपाना टेकपाना

बैशाख २७, २०७७ ८:३०

गूगलको वर्चश्व यसरी तोड्दैछ ह्वावे

काठमाडौं । ह्वावेले कहिल्यै पनि गूगलको दरिलो सहारा पाएन । कम्पनीका लागि सन् २०२० को वर्ष अहिलेसम्मकै अप्ठ्यारो रह्यो । नयाँ वर्षमा ह्वावेले बाँच्नका लागि संघर्ष गर्नुपर्ने सन्देश बोकेको थियो ।

जुन उसको पहिलो चाैमासिकको वृद्धिमा पनि देखियो । एक वर्ष अघि यहि अवधिमा कम्पनीले ३९ प्रतिशतको वृद्धि हासिल गरेको थियो । जब कि यो वर्षको पहिलो चाैमासिकमा जम्मा १.४ प्रतिशतको वृद्धि गर्न सक्यो । आगामी चाैमासिक थप खराब हुने अनुमान गरिएको छ ।

गत वर्षको मे महिनामा अमेरिकाले ह्वावेलाई कालो सूचीमा राख्नु अघि  कम्पनी पूर्णरुपमा फाइदामा गइरहेको थियो । कम्पनी वर्षौं अघि स्मार्टफोन बजारमा सामसङ र एप्पलसँग प्रतिस्पर्धाका लागि आएको थियो ।

कालो सूचीमा पर्नु अघि ह्वावे सामसङलाई विस्थापन गर्ने होडमा थियो । कालो सूचीमा पर्नु अघि ह्वावेले एकपटक एप्पललाई पछाडि पारिसकेको थियो ।

गत वर्ष ह्वावेको स्मार्टफोन उत्पादन घटेको थियो । जसकारण उसले २४ करोड युनिट फोन मात्र सिपिङ गर्‍यो । जब कि उसले ३० करोड युनिट फोन सिपिङ गर्ने लक्ष राखेको थियो ।

कम्पनीले गत वर्ष मेट थर्टी र गत महिना पी फोर्टी स्मार्टफोन सार्वजनिक गरेको थियो । तर गूगलको सफ्टवेयर र एन्ड्रोइड अपरेटिङ सिस्टमहरुबाट ह्वावेलाई प्रतिबन्धित गरिएपछि यी दुवै फोनको व्यवसायमा अवरोध उत्पन्न भयो ।

ह्वावेले गूगलको सेवा पुनः प्राप्त गर्न धेरै प्रयास गरेको थियो । तर यसमा केही प्रगति हुनसकेन । किनभने त्यो विशुद्ध भूराजनीतिक परिणाम थियो । 

गत महिना ह्वावेले एउटा एप सर्चमा काम गरिरहेको खबर बाहिर आएको थियो । उक्त एप सर्चले प्रयोगकर्ताहरुलाई क्विक बाइपास सोलुसन दिने बताइएको थियो । जसले गूगल एप्सलाई प्रतिस्थापन गर्नसक्छ ।

प्रचारप्रसार पश्चात उक्त एपको प्रि रिलिज डेमो फिर्ता लिइएको थियो । उक्त एप सर्चको एउटै उद्देश्य भनेको गूगलले प्रतिबन्ध लगाएपछि पनि चीन बाहिरका आफ्ना प्रयोगकर्ताहरुलाई ह्वावे ब्राण्ड  बिकाइराख्नु थियो ।

म्याप गूगलका लागि सधैं एउटा हाइलाइट एप्सको रुपमा रहिआएको छ । यो एपबाट बञ्चित हुनुपर्दा ह्वावेले ठूलो घाटा बेहोर्नुपरेको थियो । तर गत अक्टोबरमा प्रकाशित रिपोर्ट अनुसार उसले म्यापिङ जाइन्ट टोमटोम कम्पनीसँग मिलेर त्यसको विकल्प खोजिरहेको बताएको थियो । 

गत हप्ता ह्वावेले सबैलाई ठूलो आश्चर्यमा पारेको छ । उसले आफ्नो समाधान ‘हियर वि गो म्याप्स’ रिलिज गरेको छ । यो एप्स कम्पनीको एप ग्यालरीमा पाउन सकिन्छ, जुन एन्ड्रोइडको प्ले स्टोरको विकल्प हो । 

यो सफ्टवेयरको इतिहास १९८० मा गएर जोडिन्छ । त्यस समय यसको नाम नाभटेक थियो । त्यसपछि यो एप विभिन्न परिस्कृत भर्सन हुँदै ओभीआई तथा नोकिया म्याप्स हुँदै  सिम्बियन र विण्डो फोनबाट यहाँसम्म आइपुगेको हो ।

त्यसबीच यो सफ्टवेयर धेरै अटो म्यानुफ्याक्चर कम्पनीहरुलाई बेचिएको थियो, जसमा औडी र बीएमडब्लु पनि रहेका छन् । ती गाडीहरुमा यसले शक्तिशाली कार नेभिगेसनको रुपमा काम गरेको थियो ।

अहिले यो ह्वावेका लागि महत्वपूर्ण तत्व बनेर आएको छ । हियर वी गो को नामबाट ह्वावेमा आएको यो सफ्टवेयरले क्लास लिडिङ नेभिगेसन सर्भिस दिने छ । साथै यसले अफलाइन सर्भिस पनि दिन्छ ।

यो गूगल म्यासको विश्वसनीय विकल्प बन्दै आइरहेको छ । तर गूगल म्याप्स जसरी यो कहिल्यै पनि स्ट्याण्डर्ड म्याप बन्न भने सकेन ।

अब ह्वावेका प्रयोगकर्ताहरुले गूगल म्याप्सको विकल्प पाइसकेका छन् । विश्वको तेस्रो ठूलो मोबाइल उत्पादक कम्पनीले फस्ट रेटिङ म्यापिङ विरासतको विश्वसनीय विकल्प प्राप्त गरिसकेको छ । 

पर्दापछाडि नियालेर हेर्ने हो भने ह्वावेले गूगल गुमाउँदा उसलाई भन्दा गूगललाई धेरै मार्का परेको छ । जब ह्वावेले आफ्नै नेभिगेसन सेवाको विकास गर्ने खबर फाट्टफुट्ट बाहिर आएका थिए, त्यस समयदेखि नै गूगलको वर्चश्वमाथि ठूलो धक्का लाग्ने अनुमान गर्न सुरु भइसकेको थियो । 

हियर टेक्नोलोजी नामक काउन्टर प्वाइन्ट रिसर्चका नेल शाहले हियर वी गो विश्वकै लिडिङ र एकदमै व्यापक लोकेसन प्लेटफर्म भएको बताएका थिए । 

हियर र ह्वावेले आगामी दिनमा लोकेसन प्लेटफर्मबाहेक अन्य अन्डरलाइङ सर्भिस रेन्जमा पनि सहकार्य गरेर जाने अपेक्षा गर्न सकिन्छ । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१