close

सस्तो आईफोन एसई र आईफोन सेभेन तथा एटमा कुन राम्रो ?

टेकपाना टेकपाना

बैशाख २९, २०७७ १८:२२

सस्तो आईफोन एसई र आईफोन सेभेन तथा एटमा कुन राम्रो ?

काठमाडौं । स्टोरेज र ब्याट्री लाइफको मामिलामा आफ्ना पूर्ववर्ती मोडलहरुलाई माथ दिन नसके पनि क्यामेरा र अन्य पर्फमेन्समा भने आइफोन एसईले ठूलै फड्को मारेको छ । तर यो फोनमा फाइभजी कनेक्टिभिटीको सुविधा भने छैन ।

दुई तीन सय डलर थप गरेर आफ्नो पुराना मोडेलका आइफोन सेभेन, एटलाई नयाँ एसईले विस्थापन गर्नु भयो भने तपाईंले फ्युचरप्रुफ आईफोन पाउन सक्नुहुनेछ ।

एकपटक केही अघिका पुराना आईफोनलाई सम्झनुहोस् त ! ती फोनका स्क्रीन साना थिए । धातुबाट बनेका थिए । जसका उदाहरणको रुपमा आईफोन सेभेन र एटलाई नै लिन सक्छौं । आईफोनले पछिल्लो आफ्नो सबैभन्दा नयाँ मोडेल आईफोन एसईलाई आईफोन सेभेन र एटको नक्कल गर्दै त्यस्तै पुरानो लुक्समा पुनःसंरचना गरेको छ । 

आईफोन सेभेन र एटको साइज ४.७ इञ्च कायम राख्दै स्पेसिफिकेसनमा अपग्रेड गर्न एप्पलको नयाँ रणनीति अन्तर्गत कम्पनीले यो नयाँ फोन एसई सार्वजनिक गरेको हो । 

आज हामी यी तीन फोनहरुबीच तुलना गर्दैछाैं । 

आईफोन सेभेनबाट अपग्रेड गरिएको भएता पनि यो एसई फोनमा पैसा खर्च गरेअनुसारकै राम्रो क्यामेरा क्वालिटी, स्पीड र स्टोरेज छ । तर यो आईफोन एटभन्दा फरक चाहिँ छैन । यसको मूल्य पनि ३९९ डलर रहेको छ । यसमा आईफोन एटमा जस्तै ६४ जीबी स्टोरेज र ब्याट्री लाइफ पनि उस्तै छ ।

 आईफोनको यो अहिलेसम्मकै सस्तो तर पावरफूल ह्याण्डसेट हो । यसमा ए थर्टिन चिपसेट र कम्प्युटेसनल फोटोग्राफी फिचर समावेश छ । यसमा उत्कृष्ट क्यामेरा अनुभव गर्न पाइन्छ । जुन आईफोन सेभेन र एटमा पाउन सकिन्न ।

यसमा फोरके भिडियो रेकर्डिङ एक्सपोजिसन पनि रहेको छ । क्यामेरामा मात्रै आधारित रहने हो भने पनि सेभेन र एटको तुलनामा आईफोन एसई धेरै राम्रो छ ।

आईफोन सेभेन लाइट एल्मोनियम अलोएबाट बनेको थियो । तर आईफोन एट र आईफोन एसई फोनको फ्रेममा धातू प्रयोग गरिएको छ ।

यसको पछाडि भने वायरलेस चार्जिङलाई सपोर्ट गर्ने ग्लास पनि राखिएको छ । जसका कारण आईफोन सेभेनको तुलनामा यो अलिक भारी छ । 

डिजाइनको कुरा गर्दा नयाँ एसईको डिजाइन पुराना आईफोन सेभेन र एटको जस्तै छ । यसमा पनि पुरानो फोनमा जस्तै टच आईडी होम की अगाडिपट्टी छ ।

डिजाइन उस्तै भएका कारण यी तीन फोनको डिस्प्ले फिचर पनि करिब उस्तै छ । आउटडोर प्रयोगका लागि सबैले खोज्ने उच्चतम कन्ट्रास्ट र म्याक्सिमम ब्राइटनेस आईफोन एसईमा पाउन सकिन्छ । यसमा थ्रीडी टच लेयर हटाइए पनि थ्रीडी टचमाभन्दा राम्रो कन्ट्रास्टिङ डिस्प्ले र ब्राइटनेस यसमा पाउन सकिन्छ ।

एप्पलको ४.७ इञ्चको स्क्रीनमा उपलब्ध अहिलेसम्मका कुनै पनि फोनमा ए १३ प्रोसेसर र यति धेरै फाइदाहरु थिएनन् । यसमा भएको १२ मेगापिक्सेलको मेन क्यामेरा जसमा वान बाइ थ्री सेन्सर र १.२२ माइक्रो पिक्सेल र १.८ लेन्स अपार्चर छ ।

जसबाट फोरके भिडियो सजिलै लिन सकिन्छ । यसमा ७ मेगापिक्सेलको क्यामेरा सिस्टम रहेको छ । इमेज प्रोसेसर पावर हाउसले सफ्टवेयरमा आधारित इमेज स्टेबलाइजेस प्रदान गर्दछ । 

क्यामेरा क्वालिटीमा आईफोन सेभेन तथा एट र आईफोन एसईबीच फरक छुट्याउन आखाँले कसरत गर्नै पर्दैन । यसले स्टिल र भिडियो फुटेज दुवैमा डाइनामिक रेञ्ज क्याप्चर गर्नसक्छ । यसमा कम्प्युटेनसनल फोटोग्राफी समेत रहेको छ ।

३९९ डलरको रेञ्जमा उपलब्ध हुने सबै फोनमा आईफोन एसईको जस्तो क्यामेरा क्वालिटी पाउन सकिँदैन । यही कारणले गर्दा तपाईं ५० डलर फरक रहेको ३९९ डलरको आईफोन एसईलाई चयन गर्नुहुन्छ ? वा सबै फिचरमा समान, तर क्यामेरा फिचरमा मात्र पछाडि रहेको ५० डलर सस्तो ३४९ डलरको आईफोन एटलाई चयन गर्नुहुन्छ ?

एप्पलको ए १३, ७ एनएम चिपसेटका कारणले मात्र एसई फरक छैन । यसमा क्वाड कोर ग्राफिक्स प्रोसेसर रहेको छ । जसले आईफोन सेभेनको १६ एनएम ए १० चिपसेट र आईफोन एटको १० एनएमए ११ बायोनिक चिपसेटलाई पछाडि छोडेको छ ।

आईफोन सेभेन र एटको आईओएस भर्सनलाई जति सुकै पोलिस वा अप्टिमाइज गरेपनि हेभी एप्स र गेमहरुले यसको सिस्टमलाई खराब बनाइरहेका हुन्छन् । साथै यसको पुरानो हुँदै गइरहेको ब्याट्रीमा भार पर्दा यसको प्रोसेसर फ्रिक्वेन्सीमा पनि असर पर्ने भएकाले पर्फमेन्स समेत कमजोर हुने गरेको छ । 

तर आईफोन एसई अहिलेका एन्ड्रोइड फ्ल्यागशिप फोनहरुको दाँजोमा आएको छ । जसमा स्नापड्रागन ८६५ प्रोसेसर र प्रशस्त र्‍याम हुने गरेको छ । यसकारण फाइभजी नेटवर्कलाई नहेर्ने हो भने यो फोन फ्युचरप्रुफ अर्थात यसको भविष्य सुरक्षित छ । 

ब्याट्रीको कुरा गर्दा आईफोन सेभेनमा १९६० एमएएचको ब्याट्री रहेको छ । तर वायरलेस चार्जिङ र ग्लास ब्याक सेटअपका कारण आईफोन एसई २०२० र आईफोन एटमा सानो १८२१ एमएएचको ब्याट्री प्याक रहेको छ । तर यी दुवै प्याकको कनेक्टर फरक भएको हुँदा आईफोन एसई र एटको ब्याट्री एकअर्कोसँग परिवर्तन गर्न भने मिल्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१