close

साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रको अध्यक्षमा प्रा. डा. शाक्य

टेकपाना टेकपाना

जेठ ४, २०७७ ११:५४

साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रको अध्यक्षमा प्रा. डा. शाक्य

काठमाडौं । साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (सीएसआरआई) को अध्यक्षमा प्राध्यापक डा सुवर्ण शाक्य चयन भएका छन् । भिडियो कन्फ्रेन्सिङमा शनिबार सम्पन्न केन्द्रको वार्षिक साधारण सभाले शाक्यको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

दुई वर्ष अघि गठन भएको केन्द्रले नेपालमा साइबर सुरक्षाको क्षेत्रमा जनचेतना अभिवृद्धिको प्रयास गर्दै आएको छ । आफूले राष्ट्रिय आईटी सेक्युरिटी काउन्सिलका लागि पहल गर्ने नवनिर्वाचित अध्यक्ष प्रा डा शाक्यले बताए ।

‘कोरोना भाइरसले गर्दा अहिले हामीलाई राष्ट्रिय स्तरको साइबर कानूनको आवश्यकता खड्किएको छ,’ टेकपानासँगको कुराकानीमा शाक्यले भने, ‘सरकारलाई साइबर सुरक्षाका निम्ति आवश्यक नीति निर्माणमा सल्लाह सुझाव दिन्छौं ।’

सबै पूर्वाधार आफै बनाएर पनि साध्य नहुने भन्दै प्रा डा शाक्यले निकट भविष्यमा क्लाउडको प्रयोग अझ बढ्ने निश्चित रहेको बताए । ‘यस्तो अवस्थामा त्यसका लागि समेत सुरक्षा मापदण्ड बनाउन जरुरी छ ।’ यसैगरी वार्षिक रुपमा अनसन्धान रिपोर्ट समेत सार्वजनिक गरिने केन्द्रले जनाएको छ । 

कार्यसमितिमा अध्यक्ष शाक्यसँगै वरिष्ठ उपाध्यक्षमा पवनकुमार शर्मा, उपाध्यक्षमा द्वय मिलनराज नेपाली तथा रोजाकिरण वासुकला, महासचिवमा शालिग्राम पराजुली, सचिवमा सुमन थपलिया र कोषाध्यक्षमा प्रमोद पराजुली रहेका छन् । 

यसैगरी कार्य समिति सदस्यहरुमा आरके दाहाल, शीला कार्की कंशाकार, सरला कार्की, गंगा भण्डारी, रेगबहादुर भण्डारी, भिमध्वज श्रेष्ठ, तेजप्रसाद धमला र आभाष अधिकारी रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३