close

फुजीफिल्मले ल्यायो वेबक्यामको रुपमा क्यामेरा प्रयोग गर्न मिल्ने एप

टेकपाना टेकपाना

जेठ १४, २०७७ १४:१४

फुजीफिल्मले ल्यायो वेबक्यामको रुपमा क्यामेरा प्रयोग गर्न मिल्ने एप

काठमाडौं । फुजीफिल्मले नयाँ सफ्टवेयर सार्वजनिक गरेको छ । उक्त सफ्टवेयरबाट  एक्स सिरिज र जीएफएक्स सिरिज मिररलेस क्यामेरालाई अल्ट्रा हाई क्वालिटी वेबक्यामको रुपमा प्रयोग गर्नसकिन्छ ।

उक्त एपलाई फुजीफिल्म एक्स वेबक्यामको नाम दिइएको छ । यसले यूएसबीबाट काम गर्छ । 

यो एपको सहयोगबाट तपाईंले आफ्नो ल्यापटपको न्यून गुणस्तरको क्यामेरालाई सार्प लेन्स र ठूलो इमेज सन्सरले विस्थापन गर्नसक्नुहुन्छ । साथै तपाईंले फुजीफिल्मको लोकप्रिय फिल्म सिमुलेसन मोड पनि प्रयोग गर्न सक्नुहुन्छ । 

कोभिड १९ को महामारीका कारण वर्क फ्रम होमको चलन बढेपछि वेब क्यामको माग  पनि अप्रत्याशित रुपमा बढेको छ । यो अवधिमा वेब क्यामको स्टक नै सकिएको थियो भने मूल्य समेत चुलिन पुगेको थियो । 

क्याननले यसअघि नै आफ्ना डिजिटल क्यामेराहरुका लागि यस्तै प्रकारको वेबक्याम युटिलिटी सार्वजनिक गरिसकेको छ । क्यामेरालाई कसरी वेब क्याममा प्रयोग गर्ने भनेर तयार पारिएको  गाइडलाइन यहाँ छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१