close

एन्ड्रोइड इलाभेनको बेटा भर्सन सार्वजनिक हुने मिति सर्‍यो

टेकपाना टेकपाना

जेठ २०, २०७७ ११:१८

एन्ड्रोइड इलाभेनको बेटा भर्सन सार्वजनिक हुने मिति सर्‍यो

काठमाडौं । गूगलले एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमको नयाँ भर्सन सार्वजनिक गर्ने भर्चुअल कार्यक्रमको मिति सारेको छ । यस अघि उक्त कार्यक्रम अर्को हप्ता हुने तालिका तय गरिएको थियो ।

अमेरिकाको विभिन्न ठाउँमा भड्केको सार्वजनिक विरोध प्रदर्शनका कारण उक्त कार्यक्रम रोकिएको हो । 

 जर्ज फ्लोयड नामका एकजना कालाजातीका युवाको हिरासतमा शंकास्पद रुपमा मृत्यु भएपछि अहिले अमेरिकाका ओकल्याण्ड, अटलान्टा र न्युयोर्क लगायतका विभिन्न शहरहरुमा विरोध प्रद्धर्शनहरु भइरहेका छन् ।

तर गूगलले उक्त नयाँ अपरेटिङ सिस्टम एन्ड्रोइड इलाभेनलाई कहिले सार्वजनिक गर्ने भनेर नयाँ मिति खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१