close

यसरी अटो अपडेटमा राख्नुहोस् आईफोन, आईप्याड र म्याक

टेकपाना टेकपाना

जेठ २४, २०७७ १२:५६

यसरी अटो अपडेटमा राख्नुहोस् आईफोन, आईप्याड र म्याक

काठमाडौं । एप्पलले आफ्नो सेक्युरिटी प्याचको समस्या सम्बोधन गर्न तथा नयाँ फिचर थप गर्न लामो समयदेखि आईओएस तथा म्याक ओएस अपडेट गर्दै आइरहेको छ । प्रयोगकर्ताहरुको डेटा सुरक्षाका लागि डिभाइसलाई निरन्तर रुपमा अपडेट गर्नु अत्यावश्यक हुन्छ । 

अपडेटको काम तपाईंले दुई तरिकाबाट गर्न सक्नुहुन्छ । पहिलो भनेको एप्पल सिस्टमलाई स्वचालित रुपमा अपडेट हुन दिने वा एप स्टोरबाट नै सबै एपलाई अपडेट गर्ने ।

आइओएस अपडेटका लागि के गर्ने ? 

आईओएस वा आईप्याड अपरेटिङ सिस्टमको नयाँ भर्सन आउँदा आईफोन, आईपोड र आइप्याड जस्ता आईओएस डिभाइसहरु स्वत: अपडेट हुने व्यवस्था मिलाउन सकिन्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस् । 

  • १. डिभाइसको सेटिङमा जानुहोस् ।
  • २. जनरल वा सफ्टवेयर अपडेटमा नेभिगेट गर्नुहोस् ।
  • ३. अब त्यहाँ अटोमेटिक अपडेट छनौट गर्नुहोस् । 
  • ४. स्वचालित अपडेटका लागि स्वीच अन इनेबल गर्नुहोस् ।

यसरी अटोमेटिक सिस्टम अपडेट सेटिङ भएपछि तपाईंको आईओएस डिभाइसमा स्वतः रुपमा नयाँ अपडेट हुनेछ । 

आईओएस एप स्टोरमा के गर्ने ?

आईओएसमा रहेको एप स्टोरलाई पनि स्वचालित रुपमा अपडेटमा राख्न सकिन्छ । यसो गर्दा तपाईंले प्रत्येक एपमा गएर त्यसलाई छुट्टा छुट्टै रुपमा अपडेट गर्नु पर्दैन । यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस् । 

  • १. डिभाइसको सेटिङमा जानुहोस् । 
  • २. आईट्युन एण्ड एप स्टोर छनौट गर्नुहोस् ।
  • ३. अटोमेटिक डाउनलोड खण्डभित्र रहेको एप अपडेटको अप्सन इनेबल गर्नुहोस् ।

यो अप्सनले एप स्टोरलाई निरन्तर जाँच गर्नुका साथै एपको नयाँ अपडेट भए त्यसलाई स्वचालित रुपमा इन्स्टल गर्ने काम गर्दछ । यसरी नै आईओएस सिस्टम अपडेटले पनि यसरी ने काम गर्छ । वाईफाईमा कनेक्ट हुँदा स्वत इन्स्टल र अपडेट हुन्छ ।

म्याक ओएसलाई कसरी अपडेट गर्ने ? 

आईओएसमा जस्तै म्याक ओएसलाई पनि तपाईले स्वत: अपडेट हुने बनाउन सक्नुहुन्छ । त्यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस् ।

  • सिस्टम प्रिफ्रेन्सेस खोल्नुहोस् ।
  • त्यहाँ रहेको सफ्टवेयर अपडेट क्लिक गर्नुहोस् । 
  • स्क्रीनको तलपट्टी चेकबक्समा रहेको ‘अटोमेटिकल्ली किप माइ म्याक अप टु डेट ’ लेखिएको हुन्छ, त्यसलाई इनेबल गर्नुहोस् ।

यस्तै अटोमेटिक अपडेटको सेटिङलाई फाइन ट्युन गर्न एड्भान्स बटन थिच्नुहोस् । साथै यसबाट निम्न अपस्नहरु इनेबल वा डिसेबल गर्न सक्नुहुन्छ ।

  • अपडेट चेक गर्ने ।
  • नयाँ अपडेट हुँदा डाउनलोड गर्नुपर्ने ।
  • म्याक ओएस अपडेट इन्स्टल गर्ने ।
  • एप स्टोरबाट एप अपडेट इन्स्टल गर्ने ।
  • सिस्टम डेटा फाइल र सेक्युरिटी अपडेट इन्स्टल गर्ने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०