close

अब सिंहदरबार, सञ्चारग्राम र पद्मकन्या क्याम्पसमा फ्री वाईफाई जोन

टेकपाना टेकपाना

असार १, २०७७ १३:३३

अब सिंहदरबार, सञ्चारग्राम र पद्मकन्या क्याम्पसमा फ्री वाईफाई जोन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सिंहदरबारमा फ्री वाईफाई जोन बनाउने भएको छ । गत आर्थिक वर्षकै वार्षिक कार्यक्रममा रहेको योजनाको निरन्तरतामा प्राधिकरणले वाईफाई जोन बनाउने भएको हो ।

सिंहदरबारसँगै नियामकले सञ्चारग्राम र पद्मकन्या क्याम्पसमा समेत वाईफाई जोन बनाउनेछ । जसका लागि कूल २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्राधिकरण बोर्डबाट पारित भइसकेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेसँगै कार्यान्वयनमा आउने छ । यद्यपी मन्त्रालयले प्राधिकरणले प्रस्तावको रुपमा अगाडि सारेको वार्षिक कार्यक्रमलाई परिमार्जन समेत गर्न सक्छ ।

प्राधिकरणको नियमित कार्यक्रम अन्तर्गतको यो योजनाअनुसार कात्तिक मसान्तसम्म सिंहदरबार, सञ्चारग्राम र पद्मकन्या क्याम्पस क्षेत्रमा फ्री वाईफाई जोन तयार हुनेछ । स्वायत्त निकायको रुपमा रहेको प्राधिकरणले छुट्टै रुपमा आफ्नो वार्षिक कार्यक्रम तथा बजेट तय गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०