close

भायानेटलाई एसियन टेलिकम अवार्ड

टेकपाना टेकपाना

फागुन १८, २०८० १३:२३

भायानेटलाई एसियन टेलिकम अवार्ड

काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्ड जितेको छ ।

एसियन मोबाइल न्यूजको आयोजनामा बिहीवार भएको अवार्ड कार्यक्रम अन्तर्गत भायानेटले ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर(नेपाल’ विधामा अवार्ड जितेको हो ।

कम्पनीले नेपालमै पहिलो पटक एक्सजीएस (XGS) मा आधारित मल्टि-गिग इन्टरनेट सेवा ल्याएको थियो ।  यसअन्तर्गत कम्पनीले '२ जीपीएस एक्सजीएस एक्स्ट्रिम' (2 Gbps XGS-Extreme) प्याकेज सञ्चालन गरिरहेकाे छ । योसँगै ग्राहकले १० जीबीपीएससम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्नसक्ने छन् ।

नयाँ प्रविधिमार्फत गुणस्तरीय इन्टरनेट सेवा प्रदान गरी नेपाली ग्राहकमाझ उल्लेख्य प्रभाव पार्न सफल भएको भन्दै आयोजकले अवार्ड प्रदान गरेको हो ।

पछिल्लो अध्यावधिक: फागुन १८, २०८० १३:३०