close

समाचारका लागि प्रयोगकर्ता फेसबुक भिजिट गर्दैनन् !

टेकपाना टेकपाना

असार २, २०७७ १२:२१

समाचारका लागि प्रयोगकर्ता फेसबुक भिजिट गर्दैनन् !

एजेन्सी । अष्ट्रेलियाको संघीय सरकारले फेसबुक र गूगलबाट आफ्नो देशका सञ्चार माध्यमलाई भुक्तानी गर्न लगाउने प्रयास अगाडि बढाएको छ । अष्ट्रेलियाली सामग्रीहरुबाट ती कम्पनीहरुले फाइदा कमाउँछन् भने उनीहरुले त्यसका लागि भुक्तानी गर्नुपर्ने अष्ट्रेलियाको दाबी छ ।

सञ्चार माध्यम र डिजिटल प्लेटफर्मबीच रहिआएको ‘बार्गेनिङ पावर इम्ब्यालेन्स’ अर्थात असन्तुलित शक्ति शन्तुलनलाई सम्बोधन गर्न देशको उपभोक्ता अधिकारका लागि काम गर्ने संस्था अष्ट्रेलियन कम्पिटिसन एण्ड कन्जुमर कमिसन-एसीसीसीले अत्यावश्यक आचारसंहिता निर्माणमा भूमिका खेलिरहेको छ ।

संस्थाले म्यान्डेटोरी न्युज मिडिया बार्गेनिङ कोडको अवधारणापत्र तयार गर्दैछ । तर अष्ट्रेलियाका ठूला मिडिया कम्पनीको तुलनामा आफ्नो धेरै बार्गेनिङ क्षमता बनाएको फेसबुकले भने अष्ट्रेलियाको दाबीप्रति असहमति जनाएको छ ।

देशको न्युज इकोसिस्टममा योगदान पुर्‍याइरहेको सन्दर्भमा आत्मविश्वासका लागि नियमन ढाँचा तयार गर्दा लेभल अफ मेरिट हेर्न सकिने फेसबुकले बताएको छ । 

फेसुबकले एसीसीसीसमक्ष बुझाएका आफ्ना दस्तावेजको प्रयोग गरेर संस्थाको अवधारणापत्र र आगामी प्रक्रियाले मिडिया कन्सन्ट्रेसन (यो एउटा यस्तो प्रक्रिया हो, जहाँ आमसञ्चारको बढ्दो संख्याको स्वामित्व कम मानिस वा संस्थाले लिन्छन् ) लाई ननिम्त्याउने, अष्ट्रेलियाको मिडिया क्षेत्रको विविधता र बहुलतालाई नमार्ने र सन्तुलित, व्यवहारिक तथा वास्तविक आचारसंहिता ल्याउने अपेक्षा गरेको बताएको छ । 

‘यदि एसीसीसीले प्रमाणमा आधारित विधि अपनाएको खण्डमा उसले बनाएको आचारसंहिताले अष्ट्रेलियाली समाचार प्रकाशन कम्पनी, डिजिटल प्लेटफर्म र अन्तत: अष्ट्रेलियाका उपभोक्ता समेतलाई पछिका लागि आत्मविश्वास दिनेछ,’ फेसबुकले भनेको छ ।

यसबीच फेसबुकले आफ्ना प्रयोगकर्ताहरुले समाचारका लागि आफ्नो प्लेटफर्म प्रयोग नगर्ने बताएको छ । वास्तवमा साथीभाई तथा परिवारजनहरुसँग जोडिने प्लेटफर्म भएका कारण समाचारजन्य सामग्रीहरुले फेसबुकको एकदमै सानो हिस्सा मात्र ओगटेको कम्पनीको भनाई छ ।

साथै फेसबुकलाई यदि सामाचार सामग्रीबाट डिजिटल प्लेटफर्मलाई अप्रत्यक्ष लाभ प्राप्त हुन्छ भने पनि अष्ट्रेलियाको समाचार उद्योगलाई सहयोग गर्ने र माथि उठाउने जिम्मेवारी फेसबुक र गूगललाई दिनु स्वास्थ्यजनक तथा दीगो सोच नभएको फेसबुकले बताएको छ । 

अष्ट्रेलयामा फेसबुकले समाचार सामग्री नराखे पनि फेसबुकको कम्युनिटी मेट्रिक्स र अष्ट्रेलियाको आम्दानीमा उल्लेखनीय असर नपर्ने फेसबुकको दाबी छ । समाचार सामग्रीहरु फेसबुकको अत्यावश्यक सामाग्री नभएको समेत उसको भनाई छ ।

यसैवर्षको जनवरीदेखि मेसम्म फेसबुकको न्युज फीडबाट अष्ट्रेलियाली समाचार संस्थाहरुले २.३ अर्ब ‘अर्गानिक रिफ्रल’ प्राप्त गरेको फेसबुकले बताएको छ । अर्गानिक रिफ्रलको भनेको फेसबुकबाट कुनै पनि वेबसाइटमा लिंक हुँदै जाने ट्राफिक हो ।

यसले गर्दा अष्ट्रेलियाली मिडियाहरुले सो अवधिमा करिब १९ करोड ५८ लाख अष्ट्रेलियाली डलर कमाई गरेका थियो । सो अवधिमा अष्ट्रेलियाका मिडियाहरुले दुई करोड ७० लाख ‘अर्गानिक भ्युज’ प्राप्त गरेका थिए । अर्गानिक भ्युजको अर्थ सिधा आफ्नो वेबसाइटमा भ्युअर आउनु हो । 

यसबाहेक फेसबुकले अष्ट्रेलियाका समाचार संस्थाहरु आम्दानी बाँडफाँड कार्यक्रमको हिस्सा भएको बताएको छ । ईन स्ट्रिम भिडियो एडभर्टाइजिङ कार्यक्रमबाट अष्ट्रेलियाका समाचार संस्थाहरुले पाँच महिनामा २१ लाख अष्ट्रेलियाली डलर कमाएको छ ।

फेसबुक र गूगलले अष्ट्रेलियाका समाचार सामाग्रीबाट पैसा कमाउनु दुर्लभ मानिन्छ । उसले गत वर्ष एक करोड अष्ट्रेलियाली डलर मात्र कमाई गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१