close

टिकटकसहितका चिनियाँ एपमाथिको भारतीय प्रतिबन्धमा के भन्छ अमेरिका ?

टेकपाना टेकपाना

असार १९, २०७७ १०:५३

टिकटकसहितका चिनियाँ एपमाथिको भारतीय प्रतिबन्धमा के भन्छ अमेरिका ?

काठमाडौं । भारत सरकारले गएको सोमबार ५९ वटा एपमाथि प्रतिबन्ध लगायो । यसमा ती एपहरु छन्, जो चिनियाँ कम्पनीका हुन् वा जसको स्वामित्व चिनियाँ कम्पनीसँग छ ।  

प्रतिबन्ध लगाइएका एपहरुमा टिकटक, यूसी ब्राउजर र शेयर ईट समेत सामेल छन्, जो भारतमा निकै लोकप्रिय रहेका थिए । अब अमेरिकाले भारतको यो फैसलामाथि आफ्नो प्रतिक्रिया दिएको छ । 

अमेरिकाका विदेश मन्त्री माइम पोम्पियोले भनेका छन्, ‘केही मोबाइल एपमाथि भारतको तर्फबाट लगाइएको प्रतिबन्धको स्वागत गर्दछौं । जसले कहिँ न कहिँ चिनियाँ कम्प्युनिष्ट पार्टीकाे लागि खुफियाको काम गर्न सक्दथे ।’

चिनियाँ कम्प्युनिष्ट पार्टीको बर्बरताको असर सारा विश्वमा परिरहेको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘भारतको यो एप सफाईको अभियानले भारतको संम्प्रभुतालाई बढावा मिल्नेछ । साथै यसबाट भारतको अखंण्डता र राष्ट्रिय सुरक्षा समेत मजबूद हुनेछ । जुन कुरा भारत सरकार स्वयम्‌ले समेत बताएको छ ।’

तर चिनियाँ सञ्चारमाध्यमले भने एप प्रतिबन्धको भारतीय फैसलालाई उग्र राष्ट्रवादको संज्ञा दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३