close

सुरक्षा जोखिम बढेको भन्दै वेलायतमा पनि ह्वावे प्रतिबन्धको तयारी

टेकपाना टेकपाना

असार २४, २०७७ १७:१९

सुरक्षा जोखिम बढेको भन्दै वेलायतमा पनि ह्वावे प्रतिबन्धको तयारी

एजेन्सी । फाइभजी नेटवर्क निर्माणको परियोजनामा ह्वावेलाई सप्लायरको जिम्मेवारी दिने निर्णयबाट बेलायत पछि हट्न सक्ने देखिएको छ । अमेरिकाको प्रतिबन्धका कारण चिनियाँ टेलिकम कम्पनी ह्वावेका उपकरण अझै असुरक्षित बन्नसक्ने निश्कर्ष निकाल्दै वेलायतले त्यस्तो निर्णय लिने सम्भावना बढेको हो ।

वेलायतको गभर्मेन्ट कम्युनिकेसन हेडक्वार्टर जीसीएचक्यूको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले निकालेको प्रतिवेदनमा अमेरिकाको प्रतिबन्धपछि वेलायतको सुरक्षा जोखिम बढाउने किसिमको अविश्वासिलो प्रविधि प्रयोग गर्न ह्वावे बाध्य हुने दाबी गरेको छ ।

वेलायत सरकारले उसको विज्ञप्तिमा भनेको छ, ‘ह्वावेमाथि अमेरिकाको थप प्रतिबन्धको असर वेलायतको नेटवर्कमा पर्नसक्ने कुरामा हाम्रो ध्यानाकर्षण भएको छ । यो एउटा जारी प्रक्रिया हो, हामी यसबारे थप अपडेट चाँडै नै गर्ने छौं ।’

उक्त प्रतिवेदन सार्वजनिक भए पश्चात प्रधानमन्त्री बोरिस जोनसनले कम्पनीलाई पूर्णरुपमा प्रतिबन्ध गर्ने सम्भावना रहेको द टेलिग्राफले लेखेको छ । ब्लुमबर्गका अनुसार प्रधानमन्त्री जोन्सनले यसै वर्ष ह्वावेलाई फेजआउट गर्ने तयारी गरिरहेका छन् । उनले ह्वावेप्रति पटाक्षेप गर्दै उसलाई हाई रिस्क भेण्डरको संज्ञा दिएका छन् । यद्यपी ह्वावेलाई वेलायतबाटै बढार्ने काम कहिले हुन्छ भनेर समय किटान भने गरिएको छैन । 

बीबीसीका अनुसार जोन्सनले सोमबार आफू मुलुकलाई संवेदनशील भेण्डरबाट मुलुकलाई जोखिममा पार्ने पक्षमा नरहेको बताएका थिए । वेलायतका एक सरकारी प्रवक्ताले यसै वर्षको अन्त्यसम्ममा ह्वावेका फाइभजी उपकरणमाथि प्रतिबन्ध लगाउन सकिने जनाएका छन् । 

बेलायतका लागि चिनियाँ राजदूतले भने ह्वावे माथि त्यसकिसिमको प्रतिबन्ध लगाईए खुला विदेशी लगानीको विषयमा व्यापक सन्देश प्रवाह हुने बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३