close

रिचार्ज कार्ड विक्रेतालाई टेलिकमको ८५ करोड छुट !

टेकपाना टेकपाना

साउन ३०, २०७७ ८:१३

रिचार्ज कार्ड विक्रेतालाई टेलिकमको ८५ करोड छुट !


काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७६/०७७ मा ठूलो रकम रिचार्ज कार्ड विक्रेतालाई छुट दिएको छ । टेलिकमले पहिलोपटक गत आवमा ८५ करोड ३३ लाख ४४ हजार रुपैयाँ रिचार्ज कार्डबापत छुट उपलब्ध गराइएको जनाएको छ ।

यसअघि रिचार्ज कार्ड विक्रीमा कमिसन उपलब्ध गराउँदै आएकोमा टेलिकमले गत आवदेखि छुट उपलब्ध गराउन थालेको हो । यसरी छुट दिँदा टेलिकमको आम्दानीमा भने व्यापक असर गरेको छ ।

टेलिकमले सेवा विक्रीबापतको आम्दानीबाट रिचार्ज कार्ड विक्रीमा छुट उपलब्ध गराउँछ । यस्तो छुट लागु नहुँदा सेवा विक्रीबापत टेलिकमको आव २०७५/०७६ को आम्दानी ३६ अर्ब ८६ करोड रुपैयाँ कायम थियो । यसमा कम्पनीले कुनै छुट उपलब्ध गराउनु परेको थिएन ।

तर गत आवदेखि यसरी छुट उपलब्ध गराउँदा टेलिकमको आम्दानी मै व्यापक फरक देखिएको छ । गत आवमा टेलिकमले सेवा विक्रीबापत ३५ अर्ब ४२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेपनि छुट बापतको रकम घटाउँदा सोही शीर्षकको वास्तविक आम्दानी केवल ३४ अर्ब ५७ करोड ४७ रुपैयाँ पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०