close

विदेशबाट कल आउँदा नेपाली नम्बर देखिए हामीलाई खबर गरिदिनूः टेलिकम

टेकपाना टेकपाना

फागुन १०, २०८० १४:३९

विदेशबाट कल आउँदा नेपाली नम्बर देखिए हामीलाई खबर गरिदिनूः टेलिकम

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले विदेशबाट कल आउँदा नेपाली नम्बर देखिएमा त्यसको जानकारी गराइदिन आग्रह गरेको छ। कम्पनीले आफ्ना ग्राहकलाई एसएमएस पठाउँदै यस्तो आग्रह गरेको हो । 

पछिल्लो समय पुनः भीओआईपी कल बाइपास भइरहेको आशङ्काको आधारमा टेलिकमले यस्तो आग्रह गरेको बुझिएको छ ।

“विदेशबाट कल वा मेसेज आउदा नेपालको नम्बर देखिएमा निःशुल्क नम्बर 188 (१८८) मा टिपाई सहयोग गरिदिनु हुन अनुरोध छ,” कम्पनीले ग्राहकलाई पठाएको सन्देशमा भनिएको छ ।

विभिन्न उपकरण प्रयोग गरी टेलिकम कम्पनीहरूको आधिकारिक गेट-वेबाट कल डाइभर्ट गर्ने कार्यलाई कल बाइपास  भन्ने गरिन्छ । यस किसिमको कल बाइपासमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल प्रविधि प्रयोग हुँदै आएको छ । 

 

पछिल्लो अध्यावधिक: फागुन १०, २०८० १४:३९