close

‘कोभिडको रिपोर्ट मोबाइलमै आउँछ, ल्यावमा गएर जोखिम नबढाऔ‌ं !’

टेकपाना टेकपाना

भदौ २, २०७७ १७:३८

‘कोभिडको रिपोर्ट मोबाइलमै आउँछ, ल्यावमा गएर जोखिम नबढाऔ‌ं !’

काठमाडौं । हाल नेपालमा कोभिड-१९ को संक्रमण देशका घनावस्ती भएका विभिन्न स्थानहरुमा दिनानुदिन बढ्दै गएको छ । सर्वसाधारणहरु कोभिड संक्रमणको शंकामा विभिन्न प्रयोगशालाहरुमा नमूना दिन जाने गरेका छन् ।

तर नमूना दिएर फर्केर आइसकेपछि केही नभएको जस्तो गरी जनस्वास्थ्यका न्यूनतम मापदण्ड समेत पालना नगरी भीडभाडमा निस्कने गरेकाले थप जोखिम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले मंगलबार एक सूचना प्रकाशित गर्दै रिपोर्ट लिन आफैं जाँदा अन्यलाई समेत संक्रमणको जोखिम बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

‘परीक्षणका लागि नमूना दिन जाँदा तथा फर्कंदा बाटोमा जहिले सुकै जो कोहीबाट संक्रमण हुन सक्ने वा अन्यलाई संक्रमण सर्न भएकोले सावधानी अपनाउन जरुरी छ,’ सूचनामा अगाडि भनिएको छ, ‘परीक्षणको नतिजा तपाईंको आफ्नै मोबाइल फोनमा एसएमएसमार्फत आउने भएकाले मोबाइल नम्बर सही उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’

No description available.

इकाई अन्तर्गत रहेको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले शकास्पद व्यक्तिहरु नै अस्पताल प्रयोगशालाहरुमा आउने भएकाले आफैं रिपोर्ट लिन नजान आग्रह समेत गरेको छ । ‘सम्बन्धित अस्पतालका प्रयोगशालाहरुले नेगेटिभ रिपोर्ट यथाशीघ्र सम्बन्धित व्यक्तिको मोबाइलमै पठाइदिने व्यवस्था कडाइका साथ गर्नु गराउनु हुन र पोजेटिभ भएको रिपोर्ट एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा वा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जानकारी हुने व्यवस्था भएकोले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमार्फत मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भनेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०