close

बिटक्वाइनका लागि माेदीकाे ट्वीटर अकाउन्ट ह्याक

टेकपाना टेकपाना

भदौ १८, २०७७ ९:४८

बिटक्वाइनका लागि माेदीकाे ट्वीटर अकाउन्ट ह्याक

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर अकाउन्ट ह्याक भएकाे छ । माेदीकाे व्यक्तिगत वेबसाइट र माेबाइल एप्लिकेसनमा लिंक गरिएकाे ट्वीटर अकाउन्ट आज विहान नेपाली समयअनुसार तीन बजे ह्याक भएको हो ।

यो एकाउन्टमा २५ लाख फलोअर रहेका छन् । ह्याक भएपछि याे अकाउन्टबाट प्रधानमन्त्री राहत काेषमा सहयोगका लागि अपिल गर्दै श्रृंखलावद्ध ट्वीट भए । ट्वीट सन्देशमा प्रधानमन्त्री राहत कोषमा क्रिप्टोकरेन्सीमार्फत् सहयोग प्रदान गर्न अपिल गरिएको थियो ।

अहिले ती ट्वीट सन्देशहरु मेटिएको छ । यसैबीच ट्वीटरले मोदीको व्यक्तिगत अकाउन्ट ह्याकबारे अनुसन्धान भइरहेको जानकारी दिँदै सुरक्षित गर्न आवश्यक कदम चालिएको जानकारी दिएकाे छ ।

उच्च पदस्थहरुको ट्वीटर एकाउन्ट ह्याक भएको यो पहिलो घटना होइन । बिल गेट्स, बाराक ओबामा, केनी वेस्ट, एलोन मस्क लगायतका ट्वीटर अकाउन्ट पनि ह्याक गरेर बिटक्वाइन स्क्यामलाई प्रोमोट गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०