close

आफ्नो बैंक खाता ह्याक हुन नदिन के गर्ने, के नगर्ने ?

टेकपाना टेकपाना

भदौ २१, २०७७ ११:१४

आफ्नो बैंक खाता ह्याक हुन नदिन के गर्ने, के नगर्ने ?

काठमाडौं । अहिलेको समय फिशिङ अट्याकको खतरा दुनियाँभर तीव्र रुपमा बढिरहेको छ । यो साइबर सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा हो । ह्याकरको नजर प्राय: तपाईंको संवेदनशील डेटा तथा बैंक अकाउण्टमा हुने गर्दछ ।

यदि तपाईं थोरै मात्र असावधान हुनुभयो भने तपाईंको बैंक अकाउण्ट क्षणभरमै रित्तिन सक्छ । सामान्यतया ह्याकरहरुले प्रयोगकर्तालाई झुक्याउनका लागि फिशिङको इलेक्ट्रोनिक विधि अपनाउने गर्छन् । जसमा ईमेल, टेलिफोन र टेक्स्ट म्यासेज हुन्छन् ।

यी माध्यमकै सहयोगमा उनीहरुले प्रयोगकर्ताका संवेदनशील सूचना हात पार्ने कोशिश गर्छन्  । यदि तपाईं बैंकमा रहको आफ्नो ब्यालेन्स जोगाएर राख्न चाहनुहुन्छ भने यस किसिमका आक्रमणबाट सावधान हुन जरुरी छ । 

कसरी झुक्याउँछन् ? 

यस्ता ह्याकर तथा फ्रड (धोखाधडी) गर्ने व्यक्तिहरु बैंककै अधिकारीको रुपमा तपाईंलाई अट्याच्ड लिङ्क सहितको ईमेल पठाउँछन् र ग्राहकलाई तुरुन्त आफ्नो बैंक खाता भेरिफिकेसन वा अपडेट गर्न आग्रह गर्दछन् ।

जब ग्राहकले त्यस्तो लिङ्क खोल्ने गर्दछन्, ग्राहकको निजी जानकारी भर्नका लागि फेक वेबसाइटमा रिडाइरेक्ट गरिदिन्छन् । त्यसपछि फ्रड गर्ने व्यक्तिले यसरी प्राप्त जानकारी प्रयोग गरी बैंक अकाउण्टबाट फर्जी रुपमा रकम झिक्ने गर्दछन् । 

वार्निङलाई बेवास्ता नगर्नुहोस् 

  • यदि बैंकको वेबसाइटको यूआरएल http:// मात्रै छ र त्यसमा s छैन भने तपाईं सतर्क बन्नुपर्ने हुन्छ । यदि वेबसाइटको यूआरएल https:// बाट सुरु भएको छ भने त त्यो वेबसाइट सुरक्षित र आधिकारिक नै हुन्छ । उदाहरणका लागि https://everestbankltd.com/ को यूआरएललाई हेर्न सक्नुहुन्छ । यसमा s प्रयोग भएको छ । यसको अर्थ वेबसाइट सुरक्षित छ भन्ने हो ।
  • वेबसाइट खोलेपछि त्यसमा प्याड लक सिम्बोल (यूआरएल अघि हुने तालाको जस्तो चिन्ह) छ कि छैन भनेर पनि विचार गर्नुहोस् । यदि छैन भने त्यस्तो ‍वेबसाइट नखोल्नुहोस् । यदि प्याड लक आइकन छ भने त्यो वेबसाइट प्रयोग गर्नका लागि सुरक्षित नै छ भन्ने बुझ्नुपर्ने हुन्छ । 
  • यदि तपाईंलाई म्यासेजमा तुरुन्त इन्फरमेसन फेरिफिकेसन गर्न भनिएको छ भने यस्तो ईमेल वा टेक्स्ट म्यासेजबाट बच्नुहोस् । यस्तो एसएमएस वा ईमेल आएको खण्डमा तुरुन्त सम्बन्धित बैंकमा सम्पर्क गर्नुहोस् । यदि तपाईंसँग कुनै किसिमको व्यक्तिगत जानकारी मागिएको छ भने त्यस्तो जानकारी कुनैपनि हालतमा शेयर नगर्नुहोस् । 

के गर्ने ?

  • इन्टरनेट बैंकिङ वा बैंकसँग सम्बन्धित अन्य खालको कामका लागि वेबसाइट खोल्नुहुन्छ भने वेब एड्रेसलाई सधैं ख्याल राख्नुहोस् । 
  • यदि लगईन गर्दै हुनुहुन्छ भने आफ्नो वेब ब्राउजरमा सोझै एड्रेस टाइप गर्नुहोस् । कुनै लिङ्कमार्फत वेबसाइट नखोल्नुहोस् । 
  • वेब पेजको सुरुमा प्याड लक वा तालाको चिन्ह भए नभएको यकिन गर्नुहोस् । त्यस्तो चिन्ह छ भने मात्र उक्त वेबसाइटमा जानुहोस् । 
  • जुन कम्प्युटर वा ल्यापटप अथवा मोबाइलमा इन्टरनेट बैंकिङ प्रयोग गर्दै हुनुहुन्छ, त्यसमा एन्टीभाइरस, एन्टी स्पाइवेयर, फायरवाल, सेक्युरिटी प्याच जस्ता आधिकारिक सफ्टवेयरहरु इन्स्टल गरिराख्नुहोस् । 
  • आफ्नो कम्प्युटरमा नियमित कामका लागि सधैंजसो नन एड्मिन यूजरको प्रयोग गर्नुहोस् । 

के नगर्ने ? 

  • आफ्नो ईमेलमा आएका कुनै पनि संकास्पद लिङ्कमा क्लिक नगर्नुहोस् । 
  • ईमेलको माध्यमबाट कुनै पनि गोप्य जानकारी नदिनुहोस् । भलै राजश्व विभाग, भिसा कार्ड वा एससीटी कार्डका कर्मचारीबाटै नै अनुरोध भएको किन नहोस् । 
  • अत्यावश्यक ईमेल अट्याचमेन्ट वा म्यासेज लेखिएको छ भने त्यसलाई नखोल्नुहोस् । 
  • साइबर क्याफे वा सार्वजनिक स्थलमा प्रयोग हुने कम्प्युटरबाट इन्टरनेट बैंकिङ प्रयोग नगर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०