close

माेबाइलमै अडियो एडिटिङ गर्न चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी उपयाेगी एप

टेकपाना टेकपाना

फागुन १२, २०८० १७:१

माेबाइलमै अडियो एडिटिङ गर्न चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी उपयाेगी एप

काठमाडौं । भिडिओ एडिटिङजस्तै अडिओ एडिटिङ पनि एक प्रकार सीप हो । यसको आवश्यकता पनि भिडिओ एडिटिङ समान छ । चाहे गीतको एल्बमको तयारीका लागि होस् वा पोडकास्टका लागि होस्, अडियो एडिटिङ महत्त्वपूर्ण हुन्छ ।

सामान्यतः: अडियो एडिटिङमा धेरै ट्र्याक प्रयोग गरिने तथा आवाजको सन्तुलन मिलाउने लगायतका कामहरू हुन्छन् । भिडिओ एडिटिङ जस्तै यसका लागि भनेर विशेष सफ्टवेयर तयार पारिएका छन् । अडियो एडिटिङको व्यावसायिक काम कम्प्युटर सफ्टवेयरबाटै गर्ने गरिन्छ । तर अहिले मोबाइलमा पनि थुप्रै एप उपलब्ध छन् ।

अडियोमा भएको ब्याकग्राउन्ड नोइज हटाउनेदेखि विभिन्न इफेक्ट हाल्नेसम्मका फिचर भएका थुप्रै एप विभिन्न एप स्टोरहरूमा पाइन्छन् । अडियो एडिटिङ सफ्टवेयरबाट अडियो एडिट गर्ने मात्र नभइ नयाँ म्युजिक समेत बनाउन सकिन्छ ।

मोबाइलका लागि बनाइएका त्यस्ता अडिओ एडिटिङ सफ्टवेयरलाई कतिपयले मोबाइल डीएडडब्लू (DAW) अर्थात् डिजिटल अडियो वर्कस्टेसन समेत भन्ने गरेका छन् ।

मोबाइल डीएडब्लूमा अडियो प्रोडक्सनका लागि चाहिने आधारभूत सबै कुरा हुने गर्छ । जस्तो भिडिओ प्रोडक्सन गर्दा आवश्यक पर्ने कुराहरू सफ्टवेयरमा हुन्छन् । अडियो एडिट, रेकर्डिङ, राम्रो युजर इन्टरफेस लगायतका फिचर हुनुलाई राम्रो मोबाइल डीएडब्लू भनिन्छ । आज हामी सामान्य अडियो एडिटिङदेखि डीएडब्लू सम्मका केही एपको चर्चा गर्ने छौं:

अडियो इभोलुसन (Audio Evolution)

एन्ड्रोइडका लागि बनाइएका विभिन्न डीएडब्लू मध्ये अलि रुचाएकोमा पर्छ, अडियो इभोलुसन मोबाइल स्टुडियो । धेरै ओटा अडियो ट्र्याक सपोर्ट गर्नु, एमआईडीआई रेकर्डिङ, विभिन्न स्याम्पल र ड्रम एडिटर यसका केही फिचर हुन् ।

यसभित्र मेट्रोनोम जस्ता रेकर्डिङ टुलसमेत रहेका छन् । एपभित्र प्लग इन पनि पाइन्छन्, तर त्यसको लागि अतिरिक्त शुल्क लाग्ने गर्छ । यसको सशुल्क र निःशुल्क दुवै भर्सन रहेको छ । ​

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।


ब्यान्ड ल्याब (Band Lab)

नि:शुल्क पाइने एपमध्ये ब्यान्ड ल्याब उत्कृष्ट एकमा पर्छ । यसबाट एकै पटकमा १६ ओटासम्म ट्र्याक एडिट गर्न सकिन्छ । त्यस्तै यसमा कस्टम इन्स्ट्रुमेन्ट बनाउने स्याम्पलर, लुप फङ्सन, ३०० बढी भर्चुअल एआईडीआई इन्स्ट्रुमेन्ट्स, १८० इफेक्ट्स दिइएको छ । 

साथै यसमा भिडिओ क्लिक एडिट गर्न मिल्ने फिचर पनि छ । अनि यसको अर्को राम्रो पक्ष आफूले सिर्जना गरेको अडियो एपकै सोसल मिडिया सर्भरमा समेत पब्लिस गर्न सकिन्छ । ​

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एन ट्र्याक स्टुडियो (N-track Studio)

अर्को राम्रो मोबाइल डीएडब्लू एप हो, एन ट्र्याक स्टुडियो । यस एपले पनि अडियो ट्र्याक फाइल, एमआईडीआई, ड्रम, रिभर्ब लगायतका विभिन्न फिचर उपलब्ध गराएको छ ।

त्यस्तै रेकर्डिङका लागि मेट्रोनोम, अनलाइन शेयरिङ, टुडी/थ्रीडी स्पेक्ट्रम एनलाइजर, लुप ब्राउजर लगायतका फिचर छन् । एपको राम्रो पक्ष युजर इन्टरफेस पनि हो । यसले गर्दा प्रयोग गर्न पनि सजिलो छ । एपभित्रका केही फिचर प्रयोग गर्न भने शुल्क तिर्नु पर्ने हुन्छ ।​

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एमपीथ्री कटर (mp3 cutter)

नामजस्तै यो एपको काम अडियो फाइलहरू सम्पादन गर्नु हो । एमपीथ्री एक प्रकारको अडियो फाइल फर्म्याट हो । तर यस एपले त्यसबाहेक पनि विभिन्न प्रकारका फाइल सपोर्ट गर्छ ।

एपबाट तपाईंले अडियो क्लिप मर्ज गर्ने, क्लिपको विशेष भाग हटाउने, फाइल साइज परिवर्तन गर्ने, आवाज नभएको भाग हटाउने लगायतका काम गर्न सक्नुहुन्छ । यसबाहेक पनि एपले थुप्रै फिचर उपलब्ध गराउने गरेको छ । ​

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 


भोलोको (Voloco)

 

यो एप आवाज (भोकल)लाई मिलाउनेसँग सम्बन्धित छ । यसका लगि एपमा ४० बढी भोकल इफेक्ट्स र एक हजार बढी ताल (बिट्स) दिइएको छ । एपलाई रेकर्डिङ स्टुडियो र अडियो एडिटर दुवै रुपमा चलाउन सकिन्छ, जसले गर्दा तपाईंले आफ्नो आवाजलाई सुरिलो बनाउन सकिन्छ ।

अडियो एडिटिङका आधारभूत फिचरहरू एपमा प्रशस्त छन् । जस्तै; एपले ब्याकग्राउन्ड नोइज स्वत: डिलिट गर्छ । अटो भोइस ट्युन र कम्प्रेसनका लागि प्रिसेट छन् ।  केही एड्भान्स फिचर सशुल्क रहेका छन् । ​

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

यी बाहेक पनि अडियो एडिटिङ सम्बन्धी थुप्रै मोबाइल एप रहेका छन् । तपाईंले आफ्नो आवश्यकता अनुसार तिनलाई प्रयोग गर्न सक्नुहुन्छ । 

...अनि यो पनि 

मोबाइलमै भिडिओ एडिट गर्न मन छ ? प्रयोग गर्नुहोस् यी उपयोगी एप

पछिल्लो अध्यावधिक: फागुन १२, २०८० १७:३०