close

नेटफ्लिक्समा निःशुल्क रुपमा यसरी हेर्नुहोस्, फिल्म र सिरिज

टेकपाना टेकपाना

भदौ २१, २०७७ २१:३२

नेटफ्लिक्समा निःशुल्क रुपमा यसरी हेर्नुहोस्, फिल्म र सिरिज

काठमाडौं । यदि तपाईंमा वेब सिरिज तथा फिल्म जस्ता ओरिजिनल भिडियो कन्टेन्ट हेर्ने शौख छ तर नेटफ्लिक्सको अकाउण्ट छैन भने अब चिन्ता नलिनुहोस् । अब ओटीटी प्लेटफर्म नेटफ्लिक्सले कयौं प्रशिद्ध शो र फिल्महरु दर्शकका लागि निःशुल्क रुपमा हेर्न सकिने व्यवस्था गरेको छ ।

नेपाल सहित विश्वभर नै छ फ्री

नेटफ्लिक्सले यसबारेमा सूचना समेत जारी गरिसकेको छ । नेटफ्लिक्समा निःशूल्क रुपमा फिल्म र सिरिज हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । यसमा भएका शो र फिल्म निःशूल्क रुपमा हेर्न सकिनेछ ।

प्रयोगकर्ताले कम्प्युटर तथा एन्ड्रोइड स्मार्टफोनमार्फत नेटफ्लिक्सका ओरिजिनल फिल्म र टिभी शो अनलाइनमा हेर्न सक्ने बताइएको छ । आईओएस प्रयोगकर्ता, स्मार्टी टिभी, फायर टिभी र इन्कग्निटो मोड (प्राइभेट मोड) भने अहिलेलाई यो उपलब्ध हुने छैन ।

यस्ता छन् निःशुल्क हेर्न सकिने फिल्म

नेटफ्लिक्सको निःशूल्क हेर्न सकिने भिडियोमा स्ट्रेन्जर थिङ्स, मर्डर मिस्ट्री, एलिट, बोस बेबीः ब्याक ईन बिजनेस, बर्ड बक्स, ह्वेन दे सी अस, लव इज ब्लाइन्ड, द टू पोप्स, आवर प्लानेट, ग्रेस एण्ड फ्र्यान्की लगायतका फिल्म रहेका छन् ।

पहिलो होइन यस्तो अफर

ओटीटी कम्पनी नेटफ्लिक्सले यस किसिमको अफर सार्वजनिक गरेको यो पहिलो पटक भने होइन । गत वर्षको सेप्टेम्बरमा समेत कम्पनीले आफ्ना केही ओरिजिनल कन्टेन्टमा फ्री एक्सेस दिएको थियो ।

यस बाहेक नेटफ्लिक्सले आफ्ना केही टिभी शो युट्युवमा समेत फ्रीमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले आफ्ना प्रयोगकर्ता बढाउने प्रमोसनल अफरको रुपमा बेलाबखत यस्तो योजना ल्याउने गरेको छ ।

प्रयोगकर्ताले आफ्नो सेवा अनुभव गर्न सकुन भन्ने उद्देश्यका साथ नेटफ्लिक्सले ओरिजिनल सिरिज तथा फिल्म निःशुल्क हेर्न सकिने अफर ल्याइएको उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०