close

इन्टेलको वाईफाई सिक्स सहितको इलाभेन्थ जेनेरेसन कोर प्रोसेसर, ग्राफिक्समा धेरै सुविधा

टेकपाना टेकपाना

भदौ २३, २०७७ ११:४६

इन्टेलको वाईफाई सिक्स सहितको इलाभेन्थ जेनेरेसन कोर प्रोसेसर, ग्राफिक्समा धेरै सुविधा

काठमाडौं । महिनौं लामो चर्चापछि अमेरिकी कम्पनी इन्टेलले आफ्नो इलाभेन्थ जेनेरेसनको काेर प्रोसेसर बन्ने तयारीमा रहेको घोषणा गरेको छ । टाइगर लेक इभाे नाम दिइएकाे याे प्रोसेसर पातलो तथा हलुका ल्यापटपका लागि बनाउने कम्पनीले बताएको छ । 

यो चिप १० नानाेमिटर प्रोसेसरमा आधारित हुनेछ । कम्पनीले यो चिपले टेन्थ जेनेरेसनको चिपको तुलनामा राम्रो पर्फमेन्स दिने बाचा गरेको छ । कम्पनी अहिले एआई आधारित काममा चिपको पर्फमेन्स सुधार गर्न केन्द्रित छ ।

इन्टेलका अनुसार इलाभेन्थ जेनेरे चिप अफिस प्रोडक्टिभिटीका लागि २० प्रतिशत फास्ट, गेमिङ तथा स्ट्रिमिङका लागि दुई गुणा फास्ट र कन्टेन्ट क्रिएसनका लागि २.७ गुणा फास्ट रहनेछ ।

तर यो प्रोसेसरबाट इन्टेलले आफ्नो बाचा पुरा गर्ने हेर्न बाँकी छ । टेन्थ जेन मोडलमा ४.० गिगाहर्ज थियो भने यो मोडलको प्रोसेसरमा ४.८ गिगाहर्ज रहेको छ । समग्र पावर कन्जम्पसन भने दुवैमा उस्तै हुनेछ । यसलाई १० एनएम ट्रान्जिस्टर साइजले इनेबल गर्दछ । 

यो चिपसेट थण्डरबोल्ट फोर कनेक्टिभिटीमा आउनेछ र राम्रो पर्फमेन्सको लागि यसमा पीसी एलई जेन फोर सपोर्ट रहनेछ । सँगै यो एक्सटर्नल जीपीयू जस्तो हाई एण्ड एसेसोरिजसँग पनि कनेक्ट हुनेछ ।

यो सीपीयूले एआई आधारित नोइज सप्रेसनलाई सपोर्ट गर्नुका साथै ब्याकग्राउण्डलाई ब्लर बनाउने र भिडियो डिकोडिङलाई सुधार गर्नेछ ।

यसबाहेक गिग प्लस स्पीडका लागि वाईफाई सिक्स सपोर्ट बिल्ट- ईन हुनेछ । यसबाहेक कम्पनीले यो चिपमा ग्राफिक्सका लागि पनि धेरै सुविधा दिने बताएको छ । 

-एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०